लालबन्दी,साउन २९– खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दीको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका देवनाथ पोखरेल विजयी भएका छन् ।
नेपाल सरकारको पूर्व उप–सचिवसमेत रहेका पोखरेल २ हजार ८८ मत प्राप्त गरी विजयी भएका हुन् ।
पोखरेलका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्र योन्जनले १८ सय ८० मत प्राप्त गरेका छन् । पोखरेलले योन्जनको भन्दा २०८ मत बढी प्राप्त गरेका हुन ।
अध्यक्षमा विजयी पोखरेललाई नेकपा एमाले र राप्रपाले समर्थन गरेका थिए ।
अध्यक्षका अर्का उम्मेदवार माओवादी केन्द्रका हेमबहादुर श्रेष्ठ (श्याम) ले ४८५ मत प्राप्त गरेका छन् ।
यस्तै, संस्थाको उपाध्यक्षमा नेकपा एमालेका गंगाराम महतो निर्वाचित भएका छन् । महतोले १९ सय २३ मत्र प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका अर्जुन चौधरीले १८ सय ८८ र जसपाका इन्द्र बलले ५६१ मत प्राप्त गरेका छन् ।
त्यस्तै, सचिवमा पनि एमालेकै हरिमाया थिङ १९ सय १२ मत ल्याई विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी अप्सरा वाग्लेले १८ सय ५० र माओवादीका राधादेवी भण्डारीले ५६१ मत प्राप्त गरिन् ।
संस्थाको कोषाध्यक्षमा भने एकीकृत समाजवादीका डुकेन्द्र बहादुर खत्री (कपिल) विजयी भएका छन् । उनले १९ सय ६० मत प्राप्त गर्दा एमालेका मानबहादुर विश्वकर्माले १७ सय ५२ र माओवादीका घमकुमार श्रेष्ठ (राजकुमार) ले ६०४ मत ल्याए ।
खानेपानीको ४ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न शनिबार मतदान भएको थियो । मतदानमा ६८ सय ३५ उपभोक्तामध्ये ४७ सय ४५ उपभोक्ताले मत खसालेका थिए ।
खानेपानी संस्थाको केन्द्रीय कार्यालय लालबन्दी ६ लेखाली चौरमा शनिबार राती १० बजे पछिबाट मतगणना सुरु गरी आइतबार दिउँसो सम्पन्न गरिएको हो ।