सर्लाही,साउन -२३,नेपाली काँग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय(डिना) ले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धनकाे नेतृत्वकर्ता कांग्रेसले सर्लाही मा बढी क्षेत्रमा टिकट पाउनुपर्ने जिकिर गरेकी छिन् ।
स्थानीय तह निर्वाचनमा सर्लाहीका २० मध्ये १२ पालिकामा काँग्रेसले जित हासिल गरेको बताउर्दै,´गठबन्धन हुँदा पनि कांग्रेस सर्लाहीको बढी क्षेत्र पाउनुपर्ने दाबी स्वभाविक हुने उनकाे तर्क थियो´,।
महालक्ष्मी डिना सोमबार कौडेना गाउँपालिकामा सामुदायिक अस्पताल र विष्णु मन्दीरको शिलान्यास गर्न सर्लाही आएकी हुन् ।
स्थानीय तह निर्वाचनमा सर्लाही काँग्रेसले देखाएको शक्तिको मूल्यांकन केन्द्रले गर्नुपर्ने उनको जिकिर छ । सर्लाही कंग्रेसले बढीभन्दा बढी क्षेत्र दिलाउन आफुले पनि केन्द्रीय तहमा कुरा राख्ने उनीले बताईन ।
उनले स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट नयाँ जितेको, पुनः जितेका जनप्रतिनिधिहरुले पार्टीका हरेक निकायसँग समन्वय गरेर जनतका सेवामा समर्पित हुने काममा लाग्न पार्टीले निर्देशन जारी गर्ने तयारी गरेको बताईन । पार्टीले त्यसका लागि आचारसंहिता तयार गरिसकेको बताउदै, उपाध्यायले पार्टीको निर्देशन छिट्टै नै पालिका पालिकामा पुग्नेभएकोले पार्टीको आदर्श, पार्टीको सिद्धान्त, जनताप्रति आवद्ध र जनताका काममा समर्पित भएर लाग्न सबै निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरिन् ।
उनीले् पार्टीमा अहिले वातावरण खलबलिएकोले त्यसलाई सबैमिलि हटाउनु पर्ने बताउदै ,‘पार्टीको चुनाव चिन्हबाट जितेकाहरु पनि म आफै जितेको हुँ भन्नु गलत रहेको तर्क गर्दै ,चुनावमा मैले टिकट पाए मात्रै जित्छु अरुले जित्दैनन् भन्ने भावना त्याग्न आग्रह गरिन् ।
उनीले् कौडेना गाउँपालिकामा आएर अस्पताल र मन्दिरको शिलान्यास गर्न पाउँदा निकै खुशि लागेको बताईन् । आफू स्थानीय तह निर्वाचन अघि पनि कौडेना आएको बताउदै कौडेनामा आएर अस्पताल र मन्दिरको शिलान्यास गर्न पाउँदा निकै खुशि लागेको बताईन् ।
उनीले कौडेनाका जनता अध्यक्ष रुपेश कुमारबाट निकै नै आशावादी रहेको आफूले पाएकाे बताउदै ,‘नयाँ जनप्रतिनिधिले केही गर्छन् भन्ने यहाँका जनतामा आशा रहेको बताईन्।