सर्लाही,साउन- १९ जिल्लाको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार उद्योग वाणिज्य संघ ईश्वरपुरको अगुवाईमा बिहीवार बन्द गरिएको छ ।


फूलजोर–त्रिभुवननगर सडकमा पर्ने बयलवास बजार क्षेत्रको सडक चौँडा नगरेको बहानाबाजी गर्दै निर्माण राेकेकाे सतासी निर्माण सेवा काठमाण्डाैंले,नगरपालिकाले सडकमा रहेका सवै संरचना बल प्रयाेग गरेरै हटाएको भएपनि  निर्माणकाे जिम्मा पाएकाे समयसिमा सक्कि रहदासमेत काम सम्पन्न नगरे पछि आक्राेशित व्यावसायिले बजार बन्द गराएका हुन ।

उनिहरूले नाराबाजीसहित बजार क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका थिए ।
” बहाना बनाई कराेडाैंकाे संरचना भत्काउन लगाइएपनि महिनाै बित्दा सम्म कामले गति नलिनु दुःखको बिषयहाे “, एक व्यापारीले चियाेचर्चाे खबरसंग भने ।
`अहिले हामीले  अलपत्र छाडिएको बजार क्षेत्रको सडक  निर्माणका लागि दबाब सिर्जना गर्ने उद्देश्यले आफैले बजार बन्द गरेका हाै´, भाेलीका दिनमा अझै सशक्त आन्दोलन हुन सक्छ,`ठेकेदारले गम्भीररूपमा लिउन ´ती व्यापारीले भने ।
बिहिवार (आज) उद्योग वाणिज्य संघकाे आव्हानमा व्यापारीहरूले  औषधि पसल र अन्य अत्यावश्यक व्यवसाय  बाहेक अन्य पसलहरु खुलेन्न ।
भोली साउन २० गते भने यसै विषयमा ध्यानाकर्षण गराउन जिल्ला प्रशासन कार्यालयमा ज्ञान पत्र बुझाउने कार्यक्रम रहेको उद्योग वाणिज्य संघ ईश्वरपुरले जनाएको छ ।


ठेकेदारले समयमा सडकमा कालोपत्रे नगर्दा बजार क्षेत्रमा सामन्य पनि पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको,धुलाेकाे कारण स्थानीय व्यवसायीमा स्वासप्रस्वासकाे समस्य बढेको स्थानीयकाे गुनासो छ ।
सडक  निर्माणका लागि पटकपटक नगरपालिकासहित  विभिन्न निकायलाई घच्घच्याउँदा समेत चासो नदिइएको  व्यापारीहरूले गुनासाे गरेका छन् ।