सर्लाही,साउन-१८ ,जिल्लाकाे बागमती -८,मा नहरको पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा बागमती नगरपालिका–१०, ब्रह्मस्थान बस्ने ७२ वर्षीया फूलमाया परियार रहेकी छिन् ।
उनको बागमती सिँचाई आयोजनाको नहरमा डुबेर मृत्यु भएको हो । खेतमा जान्छु भनी घरबाट निस्केकी फूलमाया बागमती नगरपालिका–८, सोल्टीस्थित नहरमा डुबेको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ ।
मृतकको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टम पछि परिवारले बुझिसकेका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।