कृष्ण थपलिया /सर्लाही ,साउन -१६,जिल्लाकाे ईश्वरपुर नगरपालिका वडा नम्बर -६ ,मा रहेको लालीगुराँस एकेडेमीका छात्र मनिष महतो(सुडी) ले जिल्लामै उत्कृष्ट GPA ल्याउन सफल भएको उक्त विद्यालय प्रशासनले दाबी गरेको छ ।
विद्यालयका फाउन्डर/ प्रिन्सिपल उज्ज्वल शर्माका उनुसार विद्यालयमा अध्ययनरत चन्द्रनगर गाउँपालिका- ३ बर्कुर्वाका छात्र मनिषले जिल्लाकै उत्कृष्ट 3.95 GPA ल्याउन सफल भएका हुन ।
एसइईमा सिम्बाेल नं. 02206005 I भएका छात्र मनिष “विद्यालयका मिहिनेती ,लगनशील विद्यार्थीका रूपमा चिन्निन्थे, “विद्यालयका फाउन्डर/ प्रिन्सिपल उज्ज्वल शर्माले चियाेचर्चाे खबरसंग भने ।”विद्यालयले त सवै विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन भनेर प्रयास गरेकै हाे, ” उनलेे राम्रो गरे, हामीलाई खुसी लागेको छ,”। फाउन्डर/ प्रिन्सिपल शर्मा भने,हामी उनलाई पूर्ण छात्रवृत्तिमा +२ पढाउन चाहन्छौं ।
फाउन्डर/ प्रिन्सिपल शर्माका अनुसार २०७८ सालको एसइई परीक्षामा लालीगुराँस एकेडेमी , इश्वरपुर -६, बाट सहभागी भएका ७६ परीक्षार्थीहरू मध्ये छात्रा तर्फ निशा यादवले पनि उच्चतम ३.८० GPA ल्याउन सफल भएकी छिन् ।
त्यस्तै १७ बढी विद्यार्थीले 3.6 GPA भन्दा बढी ,46 बढी विद्यार्थीले 3.2 -3.6 र 12 विद्यार्थीले 2.8 – 3.2 GPA ल्याउन सफल भएका छन् ।
२०४१ सालमा स्थापना भएको लालीगुँरास अंग्रेजी आवासीय विद्यालयले यश अघिका SLC हालकाे SEE मा राम्रो नतिजा ल्याउन सफल भएको विद्यालय हाे । जिल्लामा लालीगुराँस एकेडेमी जस्तै अन्य केही विद्यालयले पनि राम्रै नतिजा ल्याईरहेका छन् ।