सर्लाही,साउन- १५,सर्लाहीको सदरमुकाम मलंगवामा
बसबाट लडेर एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा कौडेना गाउँपालिका वडा न-३, का ३५ वर्षीय चन्दन चौधरी रहेको प्रहरीले जनाएको छ।
नगरकाे वडा न-२,झण्डा बजार स्थित बसपार्कमा (आइतवार) आज यात्रुवाहक बसबाट ओर्लिने क्रममा लडेर ति युवकको मृत्यु भएको हाे ।
मृत चौधरी बलरा नगरपालिका स्थित सुदामाबाट सदरमुकाम मलंगवा आएका थिए । ग १ ख ९४५२ नम्वरको यात्रुवाहक बसमा चढि मलंगवा आएका चाैधरी ओर्लिने क्रममा सर्ट ढोकामा अल्झिएर लडेर गम्भीर घाइते भएका थिए । घाइते चाैधरीकाे उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना पछि बसका चालक फरार भएका छन,भने बसलाई नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवा राखिएको छ ।
सोही बसमा यात्रा गरिरहेकी अर्का एक वृद्धा पनि सिटको डण्डीमा ठोक्किएर गम्भीर घाइते भएकी छिन् । घाइते हुनेमा गोडैता नपा-६ निवासी ६५ वर्षीया ईश्वरवती देवी रहेको प्रहरीले जनाएको छ ।
घाइते वृद्धाको मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।