धनकाैल साउन,-२,धनकाै गाउँपालिका १ काे धाेविनीया माध्यमिक बिद्यालयकाे नव निर्वाचित विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई साेमवार (आज) प्रमाणपत्र वितरण गरिएको छ ।


नवनिर्वाचित पदाधिकारीहरूलाई नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह र धनकाैल गाउँपालिका अध्यक्ष रामआश्रय साहले प्रमाणपत्र वितरण गरेका हुन ।
एक साता अघि भएको व्यवस्थापन समितिकाे चुनाबबाट राजकुर महताे समूह निर्वाचित भएको थियोे ।
प्रमाणपत्र वितरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह  तथा बिष्ट अतिथि पालिका प्रमुख साहलाई आयोजकले फुल,माला र खादा ओडाएर सम्मान गरेकाे थियोे ।