सर्लाही,असार -२९,जिल्लाकाे लालबन्दी नगरपालिकामा बुधवार (आज)बाट ऐलानी जग्गाको नाप नक्साको काम विधिवत रुपमा सुरु गरिएको छ।
लालबन्दी नगरपालिका का मेयर वासुदेव अधिकारिको अध्यक्षता एवम् पूर्व मन्त्री शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा नगरको वडा नं. १० बाट जग्गाको नाप नक्साको काम सुरु भएको भूमि आयाेग लालबन्दी सेवा केन्द्रका सहायक एवम् शिक्षक चेत बहादुर मगरले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
राष्ट्रिय भूमी आयोग जिल्ला समिती सर्लाहीले नगरका सवै वडाहरुका भूमिहीन दलित,भूमिहीन सुकुम्बासी ,अब्यबस्थित बसोबासी र अधुरा अपुरा कार्य सम्पन्न गर्ने लक्ष्य र उद्देश्य अनुरूप आजबाट काम सुरु गरिएको जनाएको छ।
राष्ट्रिय भूमी आयोग जिल्ला समिती सर्लाहीका सदस्य मदन बिश्वकर्माका अनुसार मङ्गसिर महिनाको पहिलो साता भित्र सबै किसिमका जमिनका समस्या भएका हरूलाई जग्गा धनी प्रमाण पुर्जा उपलब्ध गराउने लक्ष्य रहेको छ।
उद्घाटन कार्यक्रम नगर प्रमुख वासुदेव अधिकारी ,पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, प्रदेश सभा सदस्य बेचि लुङ्गेली नगर उप प्रमुख कल्पना पाखृन भूमि आयोग सर्लाहीका अध्यक्ष चन्द्र प्र. वाग्ले ,सदस्य मदन बिश्वकर्मा, रणधिर यादव,अन्जु पौडेल नापी कार्यालय हरिवनका प्रमुख छत्र लुङ्गेली, लालबन्दी नगर पालिकाका सबै वडा अध्यक्ष नगर तथा वडा स्तरिय सहजिकरण समितिका सदस्य, राजनीतिक दलका प्रतिनिधिहरूकाे सहभागिता रहेको थियो ।