जीवन आचार्य(निश्चल )....✍️

उसले सकभर बिर्सनु हुदैनथ्यो
सपना र रहर बिर्सनु हुदैनथ्यो
बिर्सियोस् उसलाई चाहनेलाई
मुलुक सगै घर बिर्सनु हुदैनथ्यो

प्रश्नको जवाफ कहिले प्रश्नहुदैन
प्रश्न थियो पत्थर बिर्सनु हुदैनथ्यो

पर्खिबसे चौतारी पिपलुछायामा
बतासले खवर बिर्सनु हुदैनथ्यो

सकियौ नि सलाई,लाईटर बनेर
नजिकै थ्यो पत्कर बिर्सनु हुदैनथ्यो

दुस्मनि भुलेर मित्रताको हात-सार्यो
घर जलायो हो भर्खर बिर्सनु हुदैनथ्यो

आँसु गालाको बाटो ,नदि जसरी बग्छ
नदी बग्ने बाटो हो बगर बिर्सनु हुदैनथ्यो

न रुपको न ढङ्गको ,न घर बनाउछ उसले
चिटिक्क परे पनि हो, बाँदर बिर्सनु हुदैनथ्यो

तिम्रो उदेश्य घाइते बनाउनु नै हैन-
अर्कालाई पर्छ असर बिर्सनु हुदैनथ्यो

भाग्य जाच्न उसले चिठ्ठा लिनुपर्ने हो
उपहारमा थियो बम्पर बिर्सनु हुदैनथ्यो

भन्नुहुन्छ मैले सृष्टि गरेको यो ससार, मुर्खता
ईश्वरलेबनाउनु भो!चराचर बिर्सनु हुदैनथ्यो

तपाई अरुको सपना चर्नकालागि किन?
सपना बनाउनु भो सफर बिर्सनु हुदैनथ्यो

आत सितल गर्यो मन चनचल गर्यो
मेरो यो !लालि-अधर बिर्सनु हुदैनथ्यो

कम्जोर ठानेको बिद्यार्थीको छुरा जस्तो जिब्रो
प्रश्न्नकर्ताले सहि आउँछ उत्तर बिर्सनु हुदैनथ्यो

पढायो-गुनायो सोह्र दुना आठ भन्थ्यो हिजो

बिद्यालयको भयो हेडमाष्टर बिर्सनु हुदैनथ्यो

——————————————–

काहाँ एकैनास हुन्छन र ? जङ्गलमा
बनकर हो बनकर बिर्सनु हुदैनत्थो
पुग्दैन पानी भनेको उभो उभो मानेनौ
उदो बग्छ जहिलै नहर बिर्सनु हुदैनथ्यो

उस्तै-उस्तै हुन्छन् र सबै प्रकारका छ
जहर नै´त थ्यो जहर बिर्सनु हुदैनथ्यो
आफ्नो भन्दा तिम्रो माया लाग्छ भन्न्नेमान्छे
उसले मेरो गाउँघर बिर्सनु हुदैनथ्यो

आमा भन्नुहुन्थ्यो नानी गब्बर आउँछ
आज-भोलिको गब्बर बिर्सनु हुदैनथ्यो
पास भएरै त कलास उक्लिएको हिजो
बोलाएको रोलनम्बर बिर्सनु हुदैनथ्यो

कोही बिना कोही एक्लो हुनेछन् समयमा
ढुङ्गा-माटोले आफ्नो भर बिर्सनु हुदैनथ्यो
तिमी बन्छौ मेरो सहयात्री-जीवनको
तिम्रो सामु राखे रहर बिर्सनु हुदैनथ्यो

नदी पिएर पनि प्यास मेटिएन तिम्रो,
थियो कि प्यासी बगर बिर्सनु हुदैनथ्यो
अरुलाई दोष किन दिन्छ उसले सधै
थियो कि अभागी खप्पर बिर्सनु हुदैनथ्यो

पुग्नु छ समय अघाबै गन्तब्यमा जीवन
गन्तब्य, मीठो सफर बिर्सनु हुदैनथ्यो
जस्ले धोका दिन्छन् आचकल मान्छेलाई
उस्को नै त थियो भर बिर्सनु हुदैनथ्यो

हराउदैन भन्थ्यौ हरायो मानवता हरायो
गर्नुपर्थो खोजखवर बिर्सनु हुदैनथ्यो
तिमीले राखेकी थियौ मन्जरी भनेनौ किन
प्यालामा थियो जहर मैलै बिर्सनु हुदैनथ्यो ?

कानुनको नुन झिकियो बाडियो कसरी
तड्पनु पर्छ यातना बर्बर बिर्सनु हुदैनथ्यो
उसको नियती नै गलत छ म सोच्दै छु
नियत गलतले सर्यो ,वर बिर्सनु हुदैनथ्यो

उ यो जवनाको माष्टर हो कि उ जवनाको
उ आधुनिक हो माष्टर बिर्सनु हुदैनथ्यो
कस्तो उपचार हुन्छ के दिन्छ ओखती उस्ले
काहा पढेर आयो डक्टर बिर्सनु हुदैनथ्यो

भोलि उसलाई खोज्न भट्टी पसल धाउनु`छ
नेतो ले हामी सवैको ,घर -बिर्सनु हुदैनथ्यो
कुरा सबैको सुन्नु ,मनमा गुन्नु तपाई आफै
को ?,गुरु ,मौलना सगै पाष्टर बिर्सनु हुदैनथ्यो

अहो ! ईच्छा बेचेर त रहर बनाउनुने,तपाई
बालुवा माथी बनेको छ घर बिर्सनु हुदैनथ्यो
थाल्यो पो ,रहर नपलाउदै ओईलाउन आज
बेचेर सपना बनाउनु भो बगर बिर्सनु हुदैनथ्यो

आफ्नो हातमा सलाई लिनु भो देखाउनु भो
हामीलाई सुकेको हौ पत्कर बिर्सनु हुदैनथ्यो ।