धनकौल,

माघ ७ — सर्लाहीको धनकौल गाँउपालिका–१,धोबिनियाँमा बुधबार विद्यालय भवनको उद्धघाटन गरिएको छ ।

एक कार्यक्रमका बिच प्रदेश सांसद् विरेन्द्र कुमार सिंहले आधारभूत विद्यालय धोबिनियाँको नवनिर्मित चारकोठे पक्की भवनको उद्धघाटन गरेका हुन ।

आर्थिक वर्ष २०७६–०७७ मा निमार्ण सुरुगरिएको भवनको ३६ लाख लागतमा निर्माण सम्पन्न गरिएको छ ।

उद्धघाटन कार्यक्रममा गाँउपालिकाका अध्यक्ष रामआश्रय साह , उपाध्यक्ष अकली सहनी, वडाध्यक्ष गौरीशंकर महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर महतो र विद्यालयका प्रधानाध्यापक महादेव महतोलगायतको उपस्थिती रहेको थियो ।