लालबन्दी, असार–२५,उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्षमा दीपेन्द्र कुमार बलम्पाकी (दीपक) भारी मतकासाथ विजयी भएका छन् ।


बलम्पाकी प्रतिस्पर्धी पन्चलाल श्रेष्ठकाे भन्दा ५१० बढी मत ल्याएर विजयी भएका हुन ।
खसेको ७५३ मत मध्य बलम्पाकीले ६२५ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी पन्चलाल श्रेष्ठले ११५ मत मात्रै प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।
उद्योग वाणिज्य संघ लालबन्दीमा १२ सय ४९ जना उद्योगी, व्यवसायीमध्ये आवद्ध रहेका छन् । शनिवार (आज) भएको मतदानमा खसेकाे मत मध्य १३ मत बदर भएको छ ।
लालबन्दी बजारस्थित जानकी माध्यमिक विद्यालयमा बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सम्पन्न भएको थियो ।
मतदान प्रक्रिया शान्तिपूर्ण ढंगले सम्पन्न भएपनि मतदानमा ४० प्रतिसत उद्योगी, व्यवसायीले मात्र सहभागिता जनाएका छन् ।
निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भएको दुई घन्टाभित्रै मतगणना सम्पन्न नतिजा सार्वजनिक गरिएको छ।
उद्योग वाणिज्य संघ लालबन्दीको ८ औँ वार्षिक साधारण सभा अन्तर्गत अध्यक्षबाहेक अन्य पदाधिकारी र सदस्यहरु भने असार १६ गते नै सर्वसम्मत चयन भइसकेका छन् ।
सर्वसम्मत भएका अन्य पदाधिकारी हरूमा प्रथम उपाध्यक्षमा पूर्णप्रसाद चौलागाई, द्वितीय उपाध्यक्षमा प्रदीप भट्टराई, तृतीय उपाध्यक्षमा महेश कुमार महतो, महासचिवमा रामप्रसाद देवकोटा, उपमहासचिवमा चूडामणि उप्रेती, सचिवमा बिक्रम खड्का, कोषाध्यक्षमा सुवास दाहाल र सह–कोषाध्यक्षमा विशाल थापा रहेका छन् ।
सदस्यहरुमा केशव बहादुर दाहाल, कमला कुमारी थापा, सुधिर कुमार गुप्ता, गोपाल साह, नवलकिशोर यादव, ध्रुव विदेश्वर कुमार सिंह, विश्वकर्मा, दिनेश पाठक, सुदर्शन आचार्य, नागेन्द्र साह,अनुकुमारी श्रेष्ठ र भेषनाथ दाहाल, सर्वसम्मत चयन भएका छन् ।
अध्यक्षमा विजयी बलम्पाकी बलम्पाकी होटल यूनाईटेड ईन लालबन्दीका सञ्चालक हुन, उनी यश अघि उद्योग वाणिज्य संघ लालबन्दीको निवर्तमान कार्य समितिमा महासचिव थिए । उनी नेपाली कांग्रेस निकटका व्यवसायी हुन ।