सर्लाही, असार २४ – जिल्लाको ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले सर्लाहीको फूलजोर चोकमा निर्माण भएको प्रवेशद्वारको शुक्रवार औपचारिक उद्घाटन गरेका छन् ।
पूर्व–पश्चिम राजमार्गस्थित फूलजोर चोकबाट दक्षिण बयलवासतर्फ जाने सडकमा ईश्वरपुर नगरपालिकाले निर्माण गरेको प्रवेशद्वारकोे नगरप्रमुख मनोजकुमार आचार्य, उपप्रमुख रन्जितादेवी यादव, ईश्वरपुर नगरपालिका —५,का वडाध्यक्ष पन्चि महतो, प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठलगायतले उद्घाटन गरेका हुन् ।
प्रवेशद्वारको रिवन काटेर ब्यानर अनाबरण गरी उद्घाटन गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।