सर्लाही,असार -२२ जिल्लाकाे हरिवन नगरपालिका -२ मा पानीको ड्रममा डुबी एक बालिकाको ज्यान गरेको छ ।
मंगलवार अपरान्ह साडे ४ बजे बिजय महतोको छोरी अन्दाजी २ वर्षकी अनुषा महताे आफ्नै घरमा खेल्ने क्रममा आँगनमा राखेको पानीको ड्रममा डुबी बेहोस भएकी थिईन ।
बेहोस रहेकी बालिकालाई उपचारको लागि नमुना अस्पतालमा ल्याएकोमा डाक्टरले मृत्य घाेषणा गरेका प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी टोलीले घटना स्थल पुगि आवश्यक अनुसन्धान पछि लासको पाेस्टमार्टमकाे लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाही सूचना अधिकृत प्रनाउ माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
तस्बिर :प्रतिकात्मक।