चन्द्रनगर,असार -१९, सर्लाहीको चन्द्रनगर गाउँपालिकाले पालिकामा व्यवसायीक माछा ब्लक विकास गर्न ७६ लाखको कृषि सामग्री वितरण गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत वडा नं- ६,कामदमा आईतवार (आज)भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ,सर्लाहीको आयोजना गाउँपालिका उपाध्यक्ष गिता देवी महतोको अध्यक्षतामा व्यवसायीक माछा ब्लक विकास कार्यक्रम मत्स्य जन्य उत्पादनको अभिमुखिकरण तथा औजार उपकरण वितरण कार्यक्रम सम्पन्न भएको हाे ।
जस अन्तर्गत नाढीताल कृषक समूहमा आवद्ध किसानहरुलाई पानी तान्ने मोटर १९६ वटा सेकसन पाईप १ हजार ९० फिट ,डिलेभरी पाईप २ हजार किलोग्राम ,समरसिबल मोटर ४ ईन्चको ६ थान, वाटर मोटर पम्पी सेट ३४ थान ,तार १० एम एम १३ हजार मिटर, वाटर मोटर ६० वटा वितरण गरिएको छ । किसनहरूले ७६ लाख बराबरको सामग्री प्राप्त गरेका नाढीताल कृषक समूहका अध्यक्ष लोकेन्द्र मुखियाले जानकारी दिए ।
भेटनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र ,सर्लाहीका प्रमुख साहले उदाहरणीय कार्य गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।
उनङ कृषि प्रधान देश भनिएपनि कृषि जन्य बस्तु आयात हुनु दु:खकाे विषय भएको बताए । प्रजिअ गाैतमले भुमीको व्यवस्थापन नहसनु र कृषि व्यवसायीकरण नभएका कारण आयातमै भर पर्नु परेको बताए ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोले चन्द्रनगर पकेट बाट ब्लकमा बढुवा भएकोमा आफुलाई धेरै खुसी लागेको बताए ।चन्द्रनगर गाउँपालिका जति माछा पालन मधेश प्रदेशको कुनै पनि जिल्ला नभएको उनको दाबी थियो ।
चन्द्रनगरमा रहेका करिब २ सय बढी पोखरी रहेको बताउदै अध्यक्ष महताेले पालिकामा रहेका पोखरी व्यवस्थापन तथा समस्या समाधानका लागि आफुहरू कानुन बनाएर अघि बढ्न चाहेको उनले बताए ।
उनले माछा व्यवसायीलाई अर्गानिक माछा उत्पादन लाग्न आग्रह गरे । अर्गयानिक माछा उत्पादन गर्न सकिए देशका विभिन्न ठाउमा माछा निर्यात हुने र यस्तो उत्पादन खरिद गर्न उपभोक्त लालायित रहेको उनको भनाइ थियोे ।