ईश्वरपुर,असार -१९,ईश्वरपुर नगरपालिकाले नगरका -२१२ जना जेष्ठ नागरिककाे निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ ।
नगर स्वास्थ्य शाखाकाे जेष्ठ नागरिकसंग मेयर कार्यक्रम अन्तरगत स्वास्थ परिक्षण गरेको हाे ।
स्वास्थ्य शिविरकाे ईश्वरपुर नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि मनोज कुमार आचार्य,उपमेयर रंजितादेवी चौधरीले उद्घाटन गरेका हुन ।
मेयर आचार्यले शिविरमा स्वास्थ्य परिक्षा गर्न आएका बिरामीलाई निःशुल्क औषधी वितरण गरेका थिए ।उनलेे जेष्ठ नागरिकहरूलाई आधा किलो दरले हर्लिक्स समेत प्रदान गरे ।
शिविरको उद्घाटन गर्दै मेयर आचार्यले आफ्नो पूर्व प्रतिबद्धता अनुसार नगरका जेष्ठ नागरिकहरूकाे नियमित स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएको बताए । उनलेे आफू जनप्रतिनिधिमा निर्वाचित हुनु अघि पनि ईश्वरपुरवासीहरुको स्वास्थ्यमा सेवा गर्ने मौका पाएको स्मरण गर्दै, त्यसलाई निरन्तरता दिन पाएकाेमा खुसि व्यक्त गरे ।
शिविरमा नगर आयुर्वेदिक औषधालयले २१२ जनाको स्वास्थ्य परिक्षण गरि १७ प्रकारका आयुर्वेदिक औषधी प्रदान गरेको थियो । मेयर आचार्यले काेराेना महाव्याधीकाे समयमा ईश्वरपुर, लालबन्दी लगायतका क्षेत्रमा खाद्यान्न तथा स्वास्थ सामग्री वितरण गर्नुकासाथै नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गरेका थिए ।
ईश्वरपुर-४, का वडाध्यक्ष प्रेम कुमार थिङ्गको अध्यक्षता शिविर सम्पन्न भएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।