लालबन्दी,असार-१८,सर्लाही क्षेत्र नं.१ (ख) की प्रदेश सभा सदस्य बेची लुंगेलीले खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दीले पानी बेचेरै समृद्धिकाे बाटो तर्फ लाग्नुपर्ने बताएकी छिन् ।
संस्थालाई दिगो हिसाबले अघि बढाउन आर्थिक पाटाे मजबुत हुनुपर्नेमा जाेड दिदै,सांसद लुंगेलीले पानी प्रसाेधन गरेर प्याकेजिङ गरि बजार सम्म पुर्याई आर्थिक उपार्जन गर्ने संस्थाकाे याेजना यथाशीघ्र कार्यान्वयनमा ल्याउन आग्रह गरेकी हुन ।
शनिवार (आज) खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको छैठौं वार्षिक साधारण सभाकाे अवसरमा बाेल्दै कार्यक्रमकाे प्रमुख अतिथिसमेत रहेकी सांसद लुंगेलीले खानेपानी आयाेजना लालबन्दी नगर वासिकाे साझा आयोजना भएकाले साझा ढंगले अघि बढ्नुपर्नेमा जाेड दीएकी हुन ।
उनले आर्थिक,सामाजिक र वातावरणीय समस्या साझा समस्या भएको बताउदै ,सिमसार क्षेत्र संरक्षण,चुरेकाे सुरक्षा र वृक्षारोपणमा केन्द्रीकृत भई अघि बढ्नु पर्नेमा जाेड दिईन् ।
पूर्व मन्त्री शम्भु लाल श्रेष्ठले नेपाल सरकारले सञ्चालन गरेका धेरै आयोजनाहरू २० औं वर्ष सम्म सम्पन्न हुन नसकेका धेरै उदाहरणहरू हुदाहुदै पनि संस्थाका पदाधिकारीहरूकाे मिहिनेत र सवैकाे साथ सहयोगमा खानेपानी आयाेजना ३ वर्षमै सम्पन्न हुनु गाैरवकाे कुरा भएको बताए ।
उनले ऋण लिएर सञ्चालन गरेको आयाेजनाकाे कसरी ऋण तिर्ने भन्ने तिर ध्यान केन्द्रीत हुनुपर्ने जाेड दिए ।उनले संस्थालाई राजनीतिक खिचातानीबाट मुक्त राख्दै सवै मिलेर अघि बढ्न आग्रह गरे ।
कार्यक्रमका बिष्ट अतिथि लालबन्दी नगरपालिका का मेयर
एवम् खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष वासुदेव अधिकारीले आफु जिम्मेवारीबाट कहिले पनि नभग्ने बरू चुनाैतिकाे सामना गर्न तयार रहेको बताउदै,प्राेजेक्ट जानै लागेकाे अव्यवस्थामा पनि आफुहरूले त्यस्तो नहुन दिएको बताए ।
सवै दल ,उद्योग वाणिज्य संघ आम उपभोक्ताका कारण आयाेजना सफल भएको बताउदै,कराैडाै रूपैयाँ सापटी लिएर आफुहरूले काम गरेको स्मरण गरे ।
सस्तो लाेकप्रियताकाे लागि कुरा नगर्न आग्रह गर्दै ,कर्मचारी प्रति पुर्वाग्रही नहुन आग्रह गरे ।
आफू भाग्ने नभएर अनुगमन गर्ने ठाउँमा पुगेकाले नगरपालिका बाट यहाँ बजेट ल्याउन आफुलाई कुनै आपत्ति नहुने तर्क गर्दै त्यसको लागि वातावरण तयार गर्न आग्रह गरे । कार्यक्रममा उपमेयर कल्पना पाख्रीन,विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाकी कार्यवहाक अध्यक्ष शान्ता भण्डारीको अध्यक्षता भएको उद्घाटन सत्र संस्थाकै केन्द्रीय कार्यालय लालबन्दी नगरपालिका ६ स्थित लेखाली चौरमा सम्पन्न भएको हाे ।
यही साधारण सभाबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएपनि शनिवार उद्घाटन सत्रमा ५१ प्रतिसत उपभोक्ताको उपस्थिति पुगेन । गणपुरक संख्या नपुगे पछि शनिवार नयाँ नेतृत्व चयन हुन नसकेको निर्वाचन समितिले जनाएको छ ।
खानेपानीको विधान अनुसार नयाँ नेतृत्व चयनका लागि कूल उपभोक्ता सदस्यमध्ये पहिलो चरणमा ५१ प्रतिसत, दोस्रो चरणमा एक तिहाई, तेस्रो चरणमा एक चौँथाई र अन्तिममा उपस्थितिमध्येबाटै नयाँ नेतृत्व चयन गर्ने व्यवस्था छ । अब क्रमैसँग यि प्रक्रियाहरु पूरा गरेर नयाँ नेतृत्व चयन गरिने निर्वाचन समितिले जनाएको छ ।
लालबन्दी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले नगरपालिकाको वडा नं. १ देखि १३ सम्म खानेपानी वितरण गर्दै आइरहेको छ । खानेपानीका ७५ सय बढी उपभोक्ता रहेका छन् । स्वागत मन्तव्य राधा भण्डारीले राखेको कार्यक्रमकाे सञ्चालन संस्थाका सचिव एवम् लालबन्दी -१३ का वडाध्यक्ष शिवकृष्ण वैद्य गरेका थिए ।