राजविराज, असार -१७, महेन्द्र नारायण निधि मधेस प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताकाे मधेश प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेनद्र प्रसाद सिंहले उद्घाटन गरेका छन् ।
सप्तरीको राजविराजमा शुक्रवार (आज) बाट सुरू भएको प्रतियोगिताकाे मन्त्री सिंहले पहिलो ब्याटिङ गरेर शुभारम्भ गरेका हुन । यश अघि मन्त्री सिंहले महेन्द्र नारायण निधिकाे तस्बिरमा माल्यार्पण गरेका थिए ।
१५ दिन बढी चल्ने प्रतियोगितामा मधेश प्रदेशका -८ जिल्लाका क्रिकेट टिमहरूकाे सहभागीता रहने छ ।
खेलकाे शुभारम्भ गर्दै मन्त्री सिंहले प्रदेशलाई खेल मार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र खेलप्रति युवाको आकर्षण बढाउनु मुख्य उद्देश्य रहेको बताए ।प्रतियोगिताकाे पहिलो खेल सिराहा र सप्तरी बीच भएको थियो ।