बागमती,असार १७—सर्लाहीको बागमतीमा शुक्रवार वार  (आज) मौरी र मौरी जन्य सामग्री वितरण तथा सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्र मलंगवा सर्लाहीको व्यावसायिक कृषि उत्पादन (मौरी ब्लक) कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा संचालित कार्यक्रमको सार्वजनीक सुनुवाई गरिएको हो ।


बी.पाण्डे मौरी ब्लक संचालन समन्वय समिति बागमती- ११, सखुवानीटोलले आयोजना गरेको कार्यक्रममा मौरी ब्लक संचालन समन्वय समितिका  संयाेजक मणिप्रसाद पाण्डेले किसानहरूलाई ५० प्रतिशत अनुदानमा माैरी जन्य सामग्री  उपलब्ध गराइने भएकाले  ब्लकका माैरी किसानले यसबाट लाभ लिन आग्रह गरे ।


उनले साझेदारी कार्यक्रम अन्तर्गत माैरी जन्य सामग्रीहरू मह प्रसाेधन प्लान्ट,मह मदानी,मैन बक्स,माैरी घार,आधार चाका टाेपी ,काटा,ब्रस,औषधी,झुल,फिडर,परपाेलिक जाली,धुवा दानी लगायत माैरी र मा‌ैरी जन्य सामग्री खरिद गरि भण्डारण गरिएकाले बल्कका किसानले ५० प्रतिशत अनुदानमा प्राप्त गर्न सक्ने बाताए । उनले कार्यक्रमका लागि छनाेट गर्ने कृषि ज्ञानेन्द्र प्रति धन्यवाद ज्ञापन गर्दै , आर्थिक वर्ष २०७७/०७८ बाट सुरू भएको कार्यक्रम लाई निरन्तरता प्रदान गर्न आग्रह गरे ।
बिष्ट अतिथि कृषि ज्ञान केन्द्र मलंगवाका कृषि अधिकृत सीताराम यादवले  बी.पाण्डे मौरी ब्लक संचालन समन्वय समितिलाई कार्यक्रम निरन्तरताका लागि चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र मलंगवले  ५० प्रतिशत अनुदानमा मौरी घार गोला उत्पादन र वितरणको लागि १२ लाख अनुदान रकम दिएको बताए ।


प्राप्त अनुदानबाट बी.पाण्डे मौरी ब्लक संचालन समन्वय समितिले माैरी जन्य सामग्री खरिद गरेकाले त्यसबाट लाभ लिन माैरी किसानलाई आग्रह गरे ।
उनले राज्यको मौरी मार्फत किसानलाई सोरोजगार बनाउने लक्ष्य लिएको बताउदै  लाभ लिई आत्मनिर्भर बन्न  आग्रह गरे ।
कार्यक्रम माैरी पालक अगुवा किसान तथा कार्यक्रम सञ्चालक डम्बरदेव पाण्डेले गरिबी न्यूनीकरणमा माैरी उपयोगी सिद्ध हुने भएकाले वास्तविक किसान पहिचान गरि अनुदानको कार्यक्रम लागु गर्दै ,सम्बन्धित निकायबाट अनुगमनको व्यवस्था मिलाउनु पर्नेमा जाेडदिए ।
बागमती -११,का कार्यबाहक वडाध्यक्ष  आईते बाेटकाे प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनीक सुनुवाई कार्यक्रममा कृषि ज्ञान केन्द्र मलंगवाका प्राविधिक सहायक गणेश सिंह,सचिव कमल बडाल,काेषाध्यक्ष सिद्ध बहादुर भण्डारी,  सञ्चारकर्मी र  स्थानीय माैरी किसानहरूकाे उल्लेखनीय  सहभागिता रहेको थियो ।