लालबन्दी,असार -१६, उद्योग वाणिज्य संघ लालबन्दीमा अध्यक्ष बाहेकका पदमा सर्वसम्मत भएको छ ।


बिहीवार (आज) प्रकाशि निर्वाचन तालिका अनुसार अध्यक्षका लागि भने दीपेन्द्र कुमार बलम्पाकी र पञ्चलाल श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ ।
अध्यक्षमा उम्मेदवारी दिएका बलम्पाकी लालबन्दीमा रहेको यूनाईटेड होटल इनका सञ्चालक हुन । उनि निवर्तमान कार्य समितिमा महासचिवसमेत हुन् ।
अध्यक्षका अर्का उम्मेदवार श्रेष्ठले भने लालबन्दी बजारमा फेन्सी पसल संचालन गर्दै आएका छन् ।
अध्यक्ष बाहेकको पदमा सर्वसम्मत भएकाहरूमा प्रथम उपाध्यक्षमा पूर्णप्रसाद चौलागाई, द्धितीय उपाध्यक्षमा प्रदीप भट्टराई र तृतीय उपाध्यक्षमा महेश कुमार महतो रहेका छन् । महासचिवमा भने यश अघिका काेषाध्यक्ष रामप्रसाद देवकोटा, उपमहासचिवमा चूडामणि उप्रेती, सचिवमा बिक्रम खड्का, कोषाध्यक्षमा सुवास दाहाल र सह–कोषाध्यक्षमा विशाल थापा चयन भएका निर्वाचन समिति संयाेजक बाबुकाजी प्रधानद्वारा हस्ताक्षरित उमेदवारकाे नामावलीमा उल्लेख छ ।
त्यस्तै सदस्यहरुमा केशव बहादुर दाहाल,कमला कुमारी थापा, सुधिर कुमार गुप्ता, गोपाल साह, नवलकिशोर यादव, ध्रुव विश्वकर्मा, दिनेश पाठक, विदेश्वर कुमार सिंह, भेषनाथ दाहाल, सुदर्शन आचार्य, नागेन्द्र साह र अनुकुमारी श्रेष्ठ चयन भएका छन् ।

अध्यक्षमा पनि सहमति हुन सक्ने सम्भावना रहेको संघका एकजना पूर्व पदाधिकारीले चियाेचर्चाे खबरसंग बताए ।
निर्वाचन समितिले असार २५ गतेका लागि मतदानको मिति तोकेकाे छ ।
उम्मेदवारी फिर्ताका लागि छुट्याइएको असार १८ गते बिहान १० बजेदेखि १९ गते अपरान्ह ४ बजेसम्म दुई अध्यक्षमध्ये एक जनाको उम्मेदवारी फिर्ता नभए मतदानमार्फत टुंग्याइने निर्वाचन समितिले जनाएकाे छ ।
उद्योग वाणिज्य संघ लालबन्दीको ८ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको असार १२ गते नेपाल उद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष शेखर गोल्छाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो । साेहि दिन अध्यक्ष गाेल्छाले उद्योग वाणिज्य संघ लालबन्दीकाे नवनिर्मित भवनकाे उद्घाटन गरेका थिए ।