सर्लाही, आसार -१५,जिल्लाका लालबन्दी -१,मा रहेकाे तेलवाली अनुसंधान कार्यक्रमले स्वचालित मेसिनबाट धान रोपेर १९ औं राष्ट्रिय धान दिवस मनाएकाे छ ।


अनुसन्धान कार्छले साना किसान कृषि सहकारी संस्था बागमती नगरपालिका -१०,शंकरपुरबाट राईस प्लाण्टर मेशिन भाडामा ल्याएर धान राेपेकाे हाे ।
परम्परागत रुपमा हुदै आएको खेती प्रणालीमा भन्दा फरक ढंगले प्रविधिको प्रयोग गरि धान रोप्न सके समय र पैसा दुवैको बचत गर्न सकिन्छ भन्ने संदेश दिन राईस प्लाण्टरबाट धान राेपिएकाे कृषि यन्त्र परिक्षण तथा अनुसंधान केन्द्रका प्रमुख एवम् बरिस्ठ बैज्ञानिक ई.रामनाथ झाले बताए ।
उनका अनुसार बेर्नादेखि बेर्नाको दुरी १४ देखि १६ सेन्टिमिटरसम्म हुने भएकोले मेसिनले कम गाँज दिने धान लगाउन समेत उपयोगी हुन्छ ।
तेलबाली अनुसंधान कार्यक्रमका लालबन्दी -१,का संयोजक डाक्टर सुवास सुवेदीका अनुसार मेसिनबाट धान रोप्दा समय,श्रमिक र पैसा कम लाग्ने भएकोले प्रविधिको प्रयोग गर्नु उपयोगी सिद्ध हुन्छ । यसले परम्परागत खेती प्रणाली भन्दा ५० प्रतिशत आर्थिक बचत र ७० प्रतिशत समयकाे बचत हुन्छ ।
प्रति घण्टामा १० कठ्ठा धान रोप्न सक्ने राईस प्लाण्टर मेशिनकाे आफुहरूले १ घण्टा बराबर १९ सय भाडा लिने गरेको सानाकिसान कृषि सहकारी संस्था बागमती -१० शंकरपुरका
प्रवन्धक माधव प्रसाद काफ्लेले चियाेचर्चाे खबरलाई जानकारी दिए । आवश्यक भए किसानले सम्पर्क गरेर मेशिनकाे प्रयोग गर्न सक्ने प्रवन्धक काफ्लेकाे भनाइ छ ।