ईश्वरपुर,असार -१५,नेपाल शिक्षक सङ्घ ईश्वरपुर नगर समितिको अध्यक्षमा सुमनप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन् ।


ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यको प्रमुख आतिथ्यता तथा नगर उप-प्रमुख रंजिता चौधरीको विशिष्ट आतिथ्यतामा नगरको वडा नं.- ७, मा बुधवार (आज) सम्पन्न दोस्रो नगर अधिवेशनले घिमिरे अध्यक्ष रहने गरि ३२ सदस्य कार्यसमिति चयन गरेको हाे ।
सर्वसम्मत चयन अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा दिपेन्द्र राय, उपाध्यक्ष (महिला)- सावित्रा खरेल ,सचिवमा गोवर्धन सिंह, सचिव (अर्थ) मा रिङ्कु चौधरी,सह-सचिवमा गणेशकुमार थापा लगायत अन्य सदस्य रहेका छन् ।
अध्यक्षमा सर्वसम्मत चयन भएका घिमिरे ईश्वरपुरकाे बेला माध्यमिक विद्यालय मनहर्वामा कार्यरत शिक्षक हुन ।
नेपाल शिक्षक सङ्घ ईश्वरपुर नगर समितिका अध्यक्ष रमेश चौधरीको सभापतित्वमा सम्पन्न दाेस्राे नगर अधिवेशनमा शिक्षक महासङ्घ ईश्वरपुर नगर समितिका अध्यक्ष लक्ष्मी बानियाँको समेत उपस्थिति रहेको आयाेजकले जनाएको छ।