सर्लाही, असार -१४, जिल्लाकाे गोडैता नगरपालिका -४, रोहुवा स्थित हुलाकी सडक खण्डमा कालोपत्र गरिने तातो अलकत्रा परेर आधा दर्जन बढी मजदुर र हेर्न गएका मान्छे घाइते भएका छन् ।


मंगलवार साझ सवा ६ बजे कालोपत्र गरिने तातो अलकत्राको टयाङकर बिलडिङ गर्ने क्रम्मा पड्केर ६ जना मजदुर  र एकजना हेर्न गएका व्यक्ति घाइते भएका हुन । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ ।
गम्भीर घाइते हुनेमा  जिल्लाकाे गोडैता नगरपालिका -४, रोहुवाका राधेश्याम चौधरीको छोरा अन्दाजी २० वर्षिय  शिवु कुमार चौधरी रहेका छन् । उनको अनुहार नाक गरी शरिरको बिभिन्न ६५ % भागमा पाेलिएकाे छ । अवस्था गम्भिर भएका शिवुलाई प्राथमिक उपचार पश्चात थप उपचारको लागी वर्ण अस्पाताल रेफर गरिएको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरूमा साेहि ठाउँ बस्ने नागेन्द्र राउतको छोरा अन्दाजी  १७ वर्षका अबिषेक पटेल रहेका छन्,  उनको  अनुहार नाक गरी शरिरको बिभिन्न ३५ % भाग पोलिएको,र अवस्था मध्यम रहेको छ ।
अर्का घाइते साेहि ठाउँ बस्ने राधेश्याम चौधरीको छोरा अन्दाजी  १८ वर्षका अनुराग चौधरी रहेका छन् । उनको  दुबै कुम्भ र अनुहारको ७ % भाग पोलिएको छ । घटनामा रौतहट माधवनारायण नगरपालिका वडा नं-४ बस्ने  अन्दाजी  ३० वर्षिय सुरेन्द्र हजारी रहेका  छन्  उनको दुबै हात अनुहार र शरिरको २० % भाग पोलिएको छ । उनिहरूलाई समान्य उपचार पश्चात थप उपचारको लागि  काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ ।
घट्नमा  गोडैता नगरपालिका -४, कै अन्दाजी ३५ बर्षका बिजुली राउत  रौतहट गरुडा नगरपालिका वडा नं.५ घर भई राैतहटकै चन्द्रनगर नगरपालिका ४ का  ३२ वर्षिय राजिव कुमार साह  पर्सा जिल्ला  बहुदरामाई नगरपालिका वडा नं.-६ गम्हरिया का  ३२ वर्षिय गोपाल यादव सामान्य घाइते भएका छन् । उनिहरूकाे प्रादेशिक आस्पताल मलंगवामा ल्याई उपचार भईरहेको प्रहरीले जनाएको छ ।
ईन्दु एण्ड ठोकर एण्ड साह निर्माण कम्पनीकाे अलकत्रा बोक्ने ना १ क ६०३९ नम्बरको ट्याङ्करलाई मर्मत गर्ने क्रममा उक्त घटना भएको उक्त कम्पनीले जनाएको छ ।
घटना स्थानमा प्रहरी टोली खटिगई थप अनुशन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकृत प्रनाउ. बिजय यादव ले जानकारी दिएका छन् ।