सर्लाही,असार -१३, जिल्लाकाे दक्षिण पश्चिम क्षेत्रमा पर्ने धनकाैल गाउँपालिकाकाे नवाै गाउँ सभा साेमवारबाट सुरु भएको छ ।
गाउँ सभाकाे कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले उद्घाटन गरेका हुन ।
गाउँपालिका अध्यक्ष रामआश्रय साहले आर्थिक वर्ष २०७९/०८० काे लागि ३६ करोड ३० लाख ९६ बराबरको बजेट प्रस्तुत गरे । जसअनुसार चालु तर्फ २१ करोड ४२ लाख २७ हजार रुपैयाँ र पुँजीगत तर्फ १४ करोड ८८ लाख ६९ हजार रुपैयाँ रहेको अध्यक्ष साहद्वारा प्रस्तुत निति तथा कार्यक्रममा उल्लेख छ ।
अध्यक्ष साहद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा आर्थिक सामाजिक, शिक्षा,स्वास्थ्य,महिला, बालबालिका तथा जेष्ठ नागरिक,संस्कृति तथा पर्यटन,खानेपानी तथा सरसफाइ ,पुर्वाधार विकास ,वातावरण तथा विपद व्यवस्थापन,संस्थागत विकास तथा सेवा प्रवाह,वित्तीय व्यवस्थापन र सुशासन,रोजगारी ,सूचना प्रविधि , शान्ति सुरक्षा लगायतका विषय समेटिएको छ ।
कृषि,शिक्षा,स्वास्थ्य,मानवीय विकास र भौतिक पुर्वाधार” भन्ने नारालाई मूल नाराको रुपमा लिई विकास व्यवस्थापन, दिगो विकास र सुशासनको प्रत्याभूति हुने वातावरणको सृजना गर्दै जाने नीति तथा कार्यक्रममा उल्लेख छ ।
धनकौल गापा वडा न-२ बजार स्थित वि.पी स्मृति मञ्चमा आयोजना भएको गाउँसभाको उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथि गाउँपालिका उपाध्यक्ष अकली देवी सहनी,संघीय सांसद नागेन्द्र प्रसाद यादव,निवर्तमान प्रदेश सभा सांसद उपेन्द्र कुशवाहा,जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंह,नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह,जिल्ला समन्वय अधिकारी होमनाथ सुवेदी तथा सातवटै वडाका वडाअध्यक्ष, कार्यपालिकाका सदस्य, वडा सदस्य , कर्मचारी र स्थानीयकाे उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णमोहन साहले स्वागत मन्तव्य राखेको कार्यक्रमकाे सञ्चालन स्वास्थ्य शाखा प्रमुख अरुण कुमार महतोले गरेका थिए ।