असार-१३,अम्बिका बुढाथोकी/ हरिवन,जिल्लाको हरिवनमा महिलाहरुको लागि दुई दिने क्षमता अभिवृद्धि सम्बन्धी तालिम सुरु भएको छ ।


हरिवन नगरपालिकाको महिला तथा बालबालिका शाखाले तालिमको आयोजना गरेको हो ।
तालिममा नगरका ११ ओटै वडाका ३० जनाभन्दा बढी विभिन्न क्षेत्रमा आवद्ध महिलाहरुकाे सहभागिता रहेको छ । तालिममा सहभागि महिलाहरुलाई पत्रकार सोम दियालीले प्रशिक्षण दिई रहेका छन् ।
बोल्ने सीपले पनि महिलाहरुलाई अघि बढ्न सक्षम बनाउने भन्दै तालिम प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख आशा खरेलले बताईन् । ‘महिला दिदीबहिनीहरु आफूलाई अघि बढाउन चाहानुहुन्छ, तर उहाँहरु मञ्चमा बसेर निर्धक्कसँग बोल्न सक्नु हुन्न ,। यो तालिमले उहाँहरुमा भएको डर हटाएर निर्धक्कसँग बोल्न सक्ने बनाउनेछ भन्ने आफुहरूले विश्वास लिएको शाखा प्रमुख खरेललेकाे भनाइ छ ।
तालिम पश्चात महिलाहरु आफ्नो परिचय दिन मात्रै हैन विभिन्न औपचारीक तथा अनौपचारिक कार्यक्रमहरुको उद्घोषण गर्न समेत सक्षम हुने महिला तथा बालिबालिका निरीक्षक पुनम हुमागाईले बताईन् ।
आफुहरूले नगरपालिकाभित्रका विभिन्न आमा समूह, सहकारी, महिला सञ्जाल, राजनितीक दलमा आवद्ध महिला, मानव अधिकारका क्षेत्रमा आवद्ध महिला, शिक्षण पेशामा आवद्ध महिला दिदीबहिनीहरुलाई तालिममा सहभागि गराएकाे निरीक्षक हुमागाईंले बताईन् ।
तालिम पछि सहभागीहरू विभिन्न वैठक, सभा, सेमिनार, साधारण सभा लगायतका कार्यक्रमहरु सञ्चालन गर्न सक्नुभयो भने त्यो हाम्रो लागि उपलब्धीमूलक हुनेछ,´निरीक्षक हुमागाईंले भनिन् ।
सोमबारदेखि सुरु भएको तालिम मंगलवार सकिने महिला तथा बालबालिका शाखा हरिवनले जनाएको छ ।