कार्यक्रममा मन्तव्य राख्दै उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष शेखर गोल्छा । तस्बिर: कृष्ण थपलिया

सर्लाही,असार —१२, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले रुस र युक्रेनबीचको द्वन्द्वका प्रभाव नेपालमा पनि परेको बताएका छन् । द्वन्द्व कारण विश्व अर्थतन्त्रमा प्रभाव परे अहिलेको अवस्थबाट नेपाल पनि अछुलो नरहेको उनको तर्क थियो ।


सर्लाहीमा आज उद्योग वाणिज्य संघ लालबन्दीको आठौँ वार्षिक साधारण सभा एवम् अधिवेशनलाई सम्वोधन गर्दै अध्यक्ष गोल्छाले अधिकांश बस्तु आयात हुने दुई मुलुकबीच द्वन्द्व बढ्दा यहाँका नागरिक महंगिको चपेटामा परेको बताए ।

उनले रुस–युक्रेन द्वन्द्वले मुलुकको अर्थतन्त्रमा अहिले गम्भीर धक्का पुगिरहेको तर्क गरे।
अध्यक्ष गोल्छाले खस्कँदो अर्थतन्त्रलाई उकास्नका लागि विदेशी पर्यटकलाई बढी भन्दा बढी देशमा भित्र्याउने र नेपाली दाजुभाईले विदेशमा दुःख गरेर पठाएको पैसा (रेमिट्यान्स) को सही सदूपयोग गर्ने अभियानमा लाग्नुपर्नेमा जोड दिदै भारतीय पर्यटकले नेपालको अर्थतन्त्र सुधार्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकाले उनिहरुलाई सम्मानकासाथ स्वगत गर्न आग्रह गरे ।
नेपालको अर्थतन्त्र आयातमुखी रहेकाले पनि जटिल अवस्था सिर्जना भएको उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाको भनाई छ । मुलुकलाई समृद्ध बनाउने कुरामा निजी क्षेत्र जिम्मेवार रहेको उल्लेख गर्दै उनले सरकारले पनि लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
साधारण सभा उद्घाटन समारोहका बिष्ट अतिथिसमेत रहेका पूर्वमन्त्री शम्भुलाल श्रेष्ठले उद्योग सञ्चालन गर्न चुनौती विषय रहेको तर्क गर्दै,उद्योगीलाई शुरक्षको प्रत्याभूति गराउनु पर्नेमा जोड दिए । बिष्ट अतिथि लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारीले कृषिलाई उद्योगसंग जोडेर किसानले बडि भन्दा बढि लाभ लिन सक्ने वातावरण सृजना गर्ने बताउदै आफुले उद्योगी व्यवसायीसंग गरिरको बाचा पुरागर्ने प्रतिबद्धता व्यक्त गरे । बिष्ट अतिथि उप मेयर कल्पना माया पाख्रीनले उद्योग वाणिज्य संघमा महिलाको प्रतीनिधित्व सुनिश्चित गर्दै कम्तिमा ३३ प्रतिशत महिलाको सहभागीता हुनु पर्नेमा जोड दिईन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघका केन्द्रिय पदाधिकारी, छिमेकी जिल्ला र नगरका पदाधिकारी लालबन्दीका पूर्व अध्यक्षहरु, राजनीतिक दलका नगरस्तरीय प्रमुख तथा प्रतिनिधिलगायतले मन्तव्य राखेका थिए। साधारण सभाबाट उद्योग वाणिज्य संघ लालबन्दीको नयाँ नेतृत्व चयन गरिने वर्तमान अध्यक्ष कल्याणकुमार जोशीले जानकारी दिए । साधारण सभा उद्घाटनकै अवसर पारेर नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले आजजै उद्योग वाणिज्य संघ लालबन्दीको नवनिर्मित भवनको समेत उद्घाटन गरेका छन् । एक करोड ४४ लाखको लागतमा तीन तले आधुनिक किसिमको भवन निर्माण गरी उद्घाटन गरिएको हो । कार्यक्रममा भवन निर्माण गर्न सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिएको छ ।