लालबन्दी,असार -११,आफ्नो नीति तथा कार्यक्रममा सञ्चार शव्दकाे उच्चारणनै गर्न नचाहेका सर्लाहीका प्रायः जसाे पालिका मध्ये लालबन्दी नगरपालिकाले भने आफुलाई फरक ढंगले प्रस्तुत गरेको छ ।
नगरले आफ्नो नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रकाे बिकासका लागि पालिका भित्र सञ्चालनमा रहेका सञ्चार गृह लाई लाेक कल्याणकारी बिज्ञापनकाे माध्यमबाट समेट्ने प्रयास गरेको भन्दै यहाँका सञ्चारकर्मीले त्यसको प्रसंसा गरेका छन् ।
नीति तथा कार्यक्रमकाे ३४ नम्बर बुदामा नगरभित्रका पत्रपत्रिका तथा विद्युतीय सञ्चार माध्यमहरूलाई तथ्यका आधारमा लोक कल्याणकारी विज्ञापन प्रकाशित गर्न प्रोत्साहन गरिने छ, भन्ने वाक्यांशले आफुहरूलाई उत्साहित बनाएको सञ्चारकर्मीहरूकाे तर्क छ ।
कृषि,शिक्षा, स्वास्थ ,पर्यटन ,पूर्वाधार र सञ्चारलाई प्राथमिकता प्रदान गर्नुले नीति तथा कार्यक्रम मार्फत नवनिर्वाचित जनप्रतिनिधि कसरी अघि बढ्न चाहन्छन् प्रस्ट हुन्छ,एक सञ्चारकर्मीले चियाेचर्चाे खबरसंग भने ।
नीति तथा कार्यक्रममा समेटिए जस्तै कार्यान्वयन पक्ष पनि चुस्त द्रुत हुनुपर्छ ,अनि मात्र प्रभावकारी ठहर्ने सञ्चारकर्मीहरूकाे बुझाई छ ।
नगरका १७ वटै वडा र नगरपालिकाले अहिले गर्दै आएको सार्वजनिक सुनुवाइको नाममा हुने खर्चमा यहाँका सञ्चार माध्यमले प्रकाशन प्रसारण गरेर त्यसबापत भुक्तानी हुने व्यवस्था गरे मात्र पनि लक्षित नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या नहुने सञ्चारकर्मीहरूकाे बुझाई छ ।