सर्लाही,असार -१०, जिलाको १८ ओटा पालिकाले शुक्रवार (आज) गाउँ तथा नगरसभा मार्फत् आगामी आर्थिक २०७९/०८० काे लागि लागि नीति, कार्यक्रमसाथ बजेट बजेट प्रस्तुत गरेका छन् ।
असार १० गतेभित्र सवै पालिकाहरूले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार आज सम्म सर्लाहीका १८ओटा पालिकाहरुले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् ।
जिल्लाको हरिपुर नगरपालिका, कविलासी नगरपालिका र पर्सा गाउँपालिकाले बिहीबार अर्थात असार ९ गते नै नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए ।
असार १० गते सम्ममा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान अनुरूप आज धनकौल र विष्णु गाउँ पालिकाहरुले बजेट प्रस्तुत गर्न सकेनन् । विविध कारणले गर्दा निर्धारीत समयमा बजेट ल्याउन नसकिएको उक्त पालिकाहरूले जनाएको छ । धनकौल गाउँपालिकाले भने असार १३ गते गाउँसभा गर्ने जनाएको छ ।
निर्धारीत समयअनुसार असार १० गते बजेट प्रस्तुत गर्ने पालिकाहरुमा लालबन्दी, ईश्वरपुर, हरिवन, बरहथवा, बागमती, हरिपूर्वा, मलंगवा, गोडैता, बलरा, बसबरिया, रामनगर, ब्रह्मपुरी, चक्रघट्टा, कौडेना र चन्द्रनगर गाउँपालिका रहेका छन् ।
जिल्लाका अधिकांश पालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासलाई नै प्राथमिकतामा राखेको पाइएको छ ।