सर्लाही,असार -६,”लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको” अवसरमा जिल्ला प्रहरी कार्यालय मलंगवाले विद्यार्थीहरुसंग अन्तरक्रिया तथा छलफल गरेको छ ।


प्रहरीले जिल्लाकाे मलंगवा नगरपालिका वडा नं.- १०,मा रहेको श्री ज्ञानकुञ्ज आ.मा. विद्यालयकाे कक्षा ९ र १० मा अध्ययनरत ७० जना छात्र छात्रहरूसंग अन्तरक्रिया तथा छलफल गरेको हाे ।
जिल्ला प्रहरी कार्यालय मलंगवाको आयोजना तथा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको प्रमुख आतिथ्यतामा साेमवार बिहान भएको कार्यक्रममा सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेल लगायतको उपस्थिति रहेको आयाेजक जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।


यश अघि जिल्ला प्रहरी कार्यालय सर्लाहीले आईतवार अपरान्ह “लागू औषध बिरुद्ध जनचेतना मुलक कार्यक्रम ” अन्तर्गत जिल्लाको बिभिन्न गाउँ टोलका लागु औषध मादक पदार्थ सेवनको लतमा लागी समाजबाट अपहेलित भएका २७ जना लागु औषध सेवनकर्ताहरुसंग अन्तरक्रिया गरेकाे थियो ।
उनिहरूसंग लागू औषध सेवनबाट व्यत्तिगत र समाजिक जिवनमा पर्ने प्रभाव र यसबाट जोगिन अपनाउनु पर्ने व्यवहारिक जिवनको यथार्थ बिषय-बस्तुको सेरोफेरोमा रही जनचेतना मुलक छलफल गरिएको जिल्ला प्रहरी कार्लालय सर्लाहीले जनाएको छ ।