सर्लाही,असार -६, जिल्लाकाे चन्द्रनगर गाउँपालिका अध्यक्ष राज कुमार महतोले पालिकाकाे वडा नं.-६,मा निर्माणाधीन अवस्थामा रहेको विद्यालय भवनको साेमवार (आज) निरीक्षण गरेका छन् ।
पालिका अध्यक्ष महताेसहित प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष,सदस्य र इन्जिनियरसमेत रहेको प्राविधिक टोलीले श्री मरिचिमान सिंह माध्यमिक विधालयको अधुरो भवन निर्माण कार्यको निरीक्षण गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।अनुगमनको क्रममा बिममा ४ वटा छड प्रयोग गर्नुपर्नेमा २ वटा मात्र प्रयोग गरेको पाइएको गाउँपालिकाले जनाएको छ।
त्यस्तै ढलानमा प्रयोग गरिएको गिट्टी उपयुक्त साईजकाे नरहेको पाइएपछि पालिका प्रमुख महताेले मापदण्ड अनुसारको गर्न र भवन निर्माण स्थलमा आयोजनाकाे लागतसहितकाे विवरण खुल्ने गरि सूचना पाटी राख्न निर्देश दिएका छन् ।