सर्लाही,असार -६,जिल्लाकाे ईश्वरपुर नगरपालिका २ मियाखोरमा बन्ने पक्की पुलकाे नगरप्रमुख मनोज कुमार आचार्यले शिलान्यास गरेका छन् ।
केही दिनअघि मात्र वडा नम्बर १ र ३ जोड्ने बालगंगा खोलाकाे पक्की पुलको शिलान्यास गरेका मेयर आचार्यले साेमवार (आज) अर्को पक्की पुलको शिलान्यास गरेका हुन। वडा नम्बर २ को मियाँखोर र राईटरखोर जोड्ने पुलको शिलान्यास भएसँगै स्थानीय खुसी भएका छन् ।
बर्खाको समयमा वडावासीलाई आवत–जावत गर्न निकै नै समस्या हुने गरेको थियो । “त्यहाँ पुल बन्नेभएपछि वडावासीका सहज हुन्छ ,”मेयर आचार्यले चियाेचर्चाे खबरसंग भने ।
आफुले निर्माण पक्षलाई पुल निर्माण २५ दिनभित्र सक्न निर्देशन दिएको बताए । “नगरका नागरिक खेप्दै आएको सास्ती म हेरेरमात्र बस्न सक्दिन,”उनिहरूकाे बिकाश प्रतिकाे बेग्र चाहाना पूरा गर्छु,” मेयर आचार्यले भने ।
पुलकाे भ्याटसहितकाे निर्माण लागत ३९ लाख ८९ हजार ५३२ रुपैयाँ ७२ पैसा रहेको मेयर आचार्यले बताए । पुल निर्माणका लागि नगरपालिकाले २०७८ साल चैत्र २९ गते नै मकवानपुर स्थित एमएस अमृता कन्ट्रक्सनसँग सम्झौता गरेको जनाएको छ ।
पुलको शिलान्यास कार्यक्रममा वडाअध्यक्षसहित अन्य निर्वाचित जनप्रतिनिधि र वडावासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । पुल बन्ने पक्का भएपछि स्थानिय वासिन्दामा खुसियाली छाएको छ।
असार २५ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भएपनि स्थानीय तहको निर्वाचनका कारण निर्माण सुरु गर्न ढिलो भएको नगरपालिकाले जनाएको छ ।