सर्लाही,असार-५,जिल्ला समन्वय समिति सर्लाहीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।


सदरमुकाम मलंगवा स्थित जिल्ला  समन्वय समितिको सभाकक्षमा आईतवार (आज) आयोजित कार्यक्रममा नव निर्वाचित जिसस प्रमुख कौशल किशोर सिंह तथा उपप्रमुख जितेन्द्र कुशवाहा सहितका पदाधिकारीहरुले सपथ ग्रहण गरेका हुन ।


कार्यक्रममा जिल्ला मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार पियाले  प्रमुख सिंहलाई सपथ गराए भने प्रमुख सिंहले  उपप्रमुख कुशवाहासहित अन्य पदाधिकारीहरुलाई सपथ ग्रहण गराए ।
सपथ ग्रहण पछि  उनीहरुले आजै पदभार समेत ग्रहण गरेका छन् ।पदभार ग्रहण गर्दै जिसस प्रमुख सिंहले  जिल्लाको समग्र विकास निर्माणकसंगै सुशासन कायम गराउनु आफ्नो पहिलो  प्राथमिकता रहेको बताए ।
पदभार ग्रहण लगत्तै  बसेको जिससकाे पहिलो बैठकले जिल्लाका २० वटै स्थानीय तहमा एकएक वटा बारुणयन्त्रको ब्यवस्था गर्न पहल गर्ने  निर्णय गरेको   नेपाल पत्रकार महासंघ मधेस प्रदेश समिति सदस्य अजित कुमार सिंहले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
 कार्यक्रममा निवर्तमान जिसस प्रमुख मेथुर चौधरीले वर्तमान प्रमुख सिंहलाई पद हस्तान्तरण गर्दै आफु पदमा नभए पनि आवश्यक परेको बेला सल्लाह सुझाव दिन पछि नपर्ने बताउँदै नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिए।