सर्लाही,असार -४,जिल्लाको ईश्वरपुर नगरपालिकामा वडा नं. २, ३ र ९ का मुसहर तथा अन्य दलित परिवारहरुको लागि निर्माण हुने पक्की घरकाे नगर प्रमुख मनोज कुमार आचार्यले शनिवार शिलान्यास गरेका छन् ।


नगरका १५ दलित परिपरिवारको लागि बन्ने पक्की घरकाे नगर प्रमुख आचार्यले शिलान्यास गरेका हुन ।

भवन निर्माणका लागि सहरी बिकाश तथा भवन डिभिजन कार्यालयबाट ७० लाख बजेट प्राप्त भएकाे नगर प्रमुख आचार्यले चियाेचर्चाे खबरलाई जानकारी दिए ।प्रमुख आचार्यले द्रुतगतिमा निर्माण सम्पन्न गर्न निर्माण पक्षलाई निर्देश दिएका छन् ।

राज्यकोषबाट प्राप्त रकम सवै क्षेत्र र वर्गलाई समानुपातिक ढंगले वितरण गर्दै , नगरकाे विकाश गर्नु आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको नगर प्रमुख आचार्यले बताए ।

भवन शिलान्यास कार्यक्रममा नगरका कर्मचारी तथा स्थानीयकाे उल्लेख्य सहभागी रहेको थियो ।