सर्लाही,असार —१,जिल्लको मलगंवामा ट्रयाक्टरले च्यापिएर चालकको मृत्यु भएको छ । मंगलवार अपरान्ह ४ बजे मलंगवा नगरपालिका —.६, लखनदेही खोलामा सोही खोलाको तटबन्धको लागी ढुङ्गा लोड गरी आएको ज.१ त.३८२४ नं.को ट्रयाक्टर ढुङ्गा झारी फर्कने क्रममा अनियन्त्रित भई पल्टिन जादाँ च्यापिएर चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिल्लाको चन्द्रनगर गाउँपालिका वडा नं.—५ मोहनपुरका अन्दाजी ३२ वर्षिय रविन्द्र साह सोनार रहेका छन् ।
घट्नाको खबर प्राप्त हुन साथ पुगेको प्रहरी टोलिले कानुनी प्रकृया पुरा गरी लास पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाई,ट्याक्टर नियन्त्रणमा राखि अनुशन्धान प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।