
सर्लाही,२६-जिल्लाको ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्यले करेण्ट लागेर ज्यान गुमाएका एक व्यक्तिको परिवारलाई ५१ हजार आर्थिक सहयोग गरेका छन् ।
उनले नगरकाे वडा नम्बर ७ मा रहेको स्कट एण्ड स्कट वियर कम्पनीमा काम गर्ने क्रममा करेन्ट लागेर ज्यान गुमाएका ईश्वरपुर ९ का ४० वर्षिय मनोज चौधरीको परिवारलाई मृत्यु संस्कार गर्न आर्थिक सहयोग गरेका हुन ।

मेयर आचार्यले बिहीवार मृतकको घरमै पुगेर उनका बुवा भोला चौधरीलाई भेटी मृत्यु संस्कार गर्न ५१ हजार आर्थिक सहयोग गरेको मृत्युको पारिवारिक स्राेतले जनाएकोछ ।


मेयर आचार्यले मृतक मनोज चौधरीको एक छोरा र एक छोरीलाई निःशुल्क पढ्ने वातावरण मिलाउनुकासाथै मृतक छोरालाई रोजगारीकाे वातावरण मिलाउन प्रतिबद्धता व्यक्त गरेका पारिवारिक स्रोतले जनाएको छ ।
मेयर आचार्यले निर्वाचित हनु अघि काेभिड महाव्याधिमा समयमा ईश्वरपुरका नागरिकलाई अन्न औषधि,एवम् विपन्न नागरिकलाई आवास,प्रहरीकाे गाेली लागि मारिएका परिवारलाई आर्थिक तथा उपचार सहयोग दर्जनौं विपन्न नागरिकका छाेराछाेरीलाई अध्ययनमा छात्रवृत्ति दिइसकेका छन् ।मेयर आचार्यले चियाेचर्चाे खबरसंग कुरा गर्दै,इ र यस्ता सामाजिक कृयाकलापमा आफू सधैं लागि रहने बताए ।