बित्तिय साक्षरता सम्बन्धि अन्तरक्रियाका सहभागी किसान तथा बैंक कर्मचारी ।

सर्लाही,जेठ -१३,एनएमबि बैंक लालबन्दी शाखाले बुधवार (आज) नगरको  वड नं.-१२,का किसानसंग अन्तरक्रिया तथा  वित्तीय साक्षरता  कार्यक्रम  सम्पन्न  गरेकाे छ ।


उक्त कार्यक्रममा  पत्थरकाेट  तथा जियाजाेर क्षेत्रका करिब  २०० किसानकाे सहभागिता रहेको बैंकका शाखा प्रबन्धक अरुण आचार्य चियाेचर्चाे खबरलाई जानकारी दिए ।
कार्यक्रम एनएमबि बैंक केन्द्रिय  कार्यलय   लघुबित्तिय कर्जा  मेनेजर शरद पाैडेलले किसानहरलाई  सहुलियतपूर्ण कर्जाका  प्रक्रिया बारे जानकारी गराएका थिए।
कार्यक्रममा बैंकका शाखा प्रबन्धक अरुण आचार्यले किसानले राखेकाे जिज्ञासाकाे सामाधान गर्दै, प्रदान गर्ने अन्य सेवा सुविधाहरु बारे जानकारी गराएका थिए।
कार्यक्रमकाे सञ्चालन  ऋण अधिकृत, सराेज पाेखरेलले गरेका थिए । एनएमबि बैक द फनानशियल टाईम्स लन्डनको , द ब्याङकर  पत्रिकाबाट एसियाकै सर्वोच्च बैककाे उपाधि बैंक  अफ द ईयर एसिया २०२१ अवार्डबाट समान्नित बैंक हाे ।