सर्लाही,जेठ-२४, जिल्लाकाे लालबन्दी नगरपालिका वडा नं. १७ रानीगंज जंगलबाट सोमबार राति अवैध रूपमा काटिएकाे ५० क्युविक फिट सालको गोलियासहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा नं -१७ का २८ वर्षिय मोहनबहादुर लामा र सोही ठाउँका ६३ वर्षका धर्मलाल तामाङ्ग रहेका डिभिजन वन कार्यालय लालबन्दीले जनाएको उनीहरुसँगै रहेका अन्य ४ जना भने भागेकाे कार्यालयले जनायाे ।
उनिहरूलाई सालका रुख काटी गिड बनाई फलामे ठेलामा ओसारपसार गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । राति अन्दाजी ११ः२० तिर लालबन्दी सव-डिभिजन वन कार्यालयबाट जमदार भिष्म भट्टराईको कमाण्डमा खटिएको वन रक्षकको गस्ति टोलिले उनीहरुलाई पक्राउ गरेको वन कार्यालयले जनाएको छ ।काठको बजार मूल्य २ लाख ५० हुने अनुमान छ ।
पक्राउ परेकालाई डिभिजन वन कार्यालय लालबन्दीमा राखि अनुसन्धान प्रक्रिया अघि बढाएको छ । फरार रहेकाको पनि खोजिकार्य भइरहेको वनकार्यालय जनाएको छ।