ईश्वरपुर जेठ २२ – सर्लाहीको ईश्वरपुर नगरपालिकाका नवनिर्वाचित मेयर मनोजकुमार आचार्यले व्यक्तिगत खर्चबाट नारायण बहुमुखी क्याम्पस ईश्वरपुरलाई कम्प्युटर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


आइतबार क्याम्पसले नवनिर्वाचित जनप्रतिनिधि र स्नातक तह पहिलो वर्षका विद्यार्थीका लागि स्वागत गर्न आयोजना गरेको कार्यक्रममा मेयर आचार्यले निजी लगानीमा क्याम्पसलाई ५ थान डेक्सटप कम्प्युटर र ५ थान ल्यापटप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।
मेयर आचार्यले क्याम्पसमा स्नाकोत्तर तहको पढाई संचालनमा लागि पहल गर्ने र यदी स्नाकोत्तर तहको पठनपाठन सुरुभए ५ जना छात्राहरुलाई आफ्नै खर्चमा निःशुल्क पढाउने समेत प्रतिबद्धता व्यक्त गरे ।
क्याप्सन व्यवस्थापन समितिका अध्यक्ष उत्तमराज घिमिरेको अध्यक्षता, नगरप्रमुख आचार्यको प्रमुख आतिथ्यता, नगर उपप्रमुख रन्जिता देवी चौधरीको विशिष्ट आतिथ्यता र वडा नं. ६ का वडाध्यक्ष रहमान अन्सारीको आतिथ्यतामा नवनिर्वाचित जनप्रतिनिधि र स्नातक तहमा भर्ना भएका विद्यार्थीलाई एकैसाथ स्वागत गरिएको थियोे ।
नारायण बहुुमुखी क्याम्पस यस वर्ष पहिलोपटक सबैभन्दा धेरै ५०० जना विद्यार्थी स्नातक तहमा भर्ना भएका क्याम्पस प्रशासनले जनाएको छ ।