सर्लाही, जेठ -२३,स्राेत नखुलेको अवैध रकमसहित एक भारतीय युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।
आईतवार दिउँसो भारतको सोनवर्षाबाट नेपालको ब्रम्हपुरी गाउँपालिका वडा नं.४ त्रिभुवननगर तर्फ BR 30 E 3914 नं. को डिस्कभर मोटरसाईकल आएका भारत बिहार राज्य जिल्ला सितामाढी ग्राम सोनवर्षा वडा नं.२ बस्ने ४० को विश्वनाथ महतोकाे साथबाट ७ लाख ५० हजार रकम बरामद भएको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
उनलाई शंका लागि शरीर तथा मोटरसाईकल समेतको तलासी लिदाँ मोटरसाईकलको सिटमुनी रहेको ब्याट्री बक्स भित्रबाट ने.रु. १,०००/- (एक हजार) दरको प्रत्येक थानमा १००/१०० वटा नोट भएको ४ (चार) थान र ने.रु. ५००/- (पाँच सय) दरको प्रत्येक थानमा १००/१०० वटा नोट भएको ७ (सात) थान गरि जम्मा ७ लाख ५० हजार रकमसहित नियन्त्रणमा लिइएको हाे ।
महतोलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाही सुचना अधिकृत प्रनाउ बिजय यादवले जानकारी दिएका छन् ।