सर्लाही,जेठ-२२,लालबन्दी नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/०८०काे बजेट मार्फ नगरका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसाेबासिकाे अधुरा अपुरा कार्य पुरागर्न आवश्यक बजेट ब्यबस्था गर्ने भएको छ ।
आईतवार (आज) लालबन्दी नगरपालिका मेयर वाशुदेव अधिकारीकाे अध्यक्षतामा बसेकाे राष्ट्रिय भूमि आयाेग जिल्ला समिति सर्लाहीसंगकाे बैंककले उक्त निर्णय गरेको लालपुर्जाविहीन भूमि उपभाेग कर्ता संघर्ष समिति लालबन्दीका संयोजक चेत बहादुर मगरले चियाेचर्चाे खबर लाई जानकारी दिए ।
बैठकले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसाेबासिकाे अधुरा अपुरा कार्य पुरागर्न नगर स्तरीय सहजिकरण समिति र वडा स्तरीय सहजिकरण समिति राष्ट्रिय भूमि आयोग २०७८ अनुसार पुनर्गठन गर्ने निर्णयसमेत गरेको छ।
राष्ट्रिय भूमि आयोगकाे कर्य अगाडि बढाउन सेवा केन्द्रकाे स्थापना गर्ने र उक्त सेवा केन्द्रलाई दाेहाेराे जिम्मेवारी नदिने मात्र सेवा केन्द्रकाे जिम्मेवारी मात्र दिई कामलाई अगाडि बढाउनकाे लागि सेवा केन्द्र प्रमुख करारमा नियुक्ति गर्ने निर्णय गरेको छ।
त्यस्तै बैठकले लालबन्दी नगरपालिकाकाे- १७ ,वटै वडामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसाेबासिका अधुरा अपुरा कार्य सम्पन्न गर्नकाे लागि ११ हजार भन्दा बढी कित्ता भएको जमिनलाई छिटोभन्दा छिटो नापनक्साकाे लागि सर्वियरकाे टिमलाई जिम्मा दिने निर्णय पनि गरेको संघर्ष समितिका अध्यक्ष मगरले जानकारी दिए ।