

सर्लाही, जेठ -१८,ईश्वरपुर नगरपालिकाका नवनिर्वाचित मेयर मनाेज कुमार आचार्यले बुधवार (आज) नगरकाे १ र ३ जोड्ने बालगंगा खोलामा पक्की पुलको शिलान्यास गरेका छन् ।
मेयर आचार्य र उपमेयर रंजितादेवी चौधरीले बुधबार विहान वडाअध्यक्ष तथा सदस्यहरुकाे उपस्थितिमा उक्त पुलको शिलान्यास गरेका हुन ।

पुल शिलान्यास कार्यक्रममा वडा नम्बर १ र ३ का स्थानीय
राजनीतिक दलका प्रतिनिधिहरू नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बालगंगा खोलामा पुल नहुँदा सास्ती खेप्दै आएका चौखिका र भक्तिपुरका स्थानीयले पुल बन्ने भएपछि खुसि ब्यक्त गरेका छन् । खोलामा पुल नहुँदा बर्षाको समया विद्यालय जानसमेत कठिन हुनेगरेकाेमा नवनिर्वाचित मेयर आचार्यले पुल निर्माणका लागि शिलान्यास गरिदिएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरू हर्षित भएका छन् । उनिहरूले आफुहरूकाे बर्षाै देखिको स्मस्यालाई मेयर आचार्यले सम्बाेधन गरिदिएको भन्दै नवनिर्वाचित जनप्रतिनिधिलाई धन्यवाद दिएका छन् ।
२०१२ सालदेखि नै चौलिखा र भक्तिपुरवासीले पुल नहुदा सास्ती खेेप्नु परेकाे उनिहरू सम्झन्छन् । पुल नहुदा सुत्केरी महिला र अन्य विरामीलाई स्वास्थ्य संस्थामा पुर्याउनसमेत समस्या हुने गरेको उनिहरूले बताए ।
पुल नहुदा अफुले पनि समस्य भाेग्नुपरेको स्मरण गर्दै मेयर आचार्यले पुल जस्तै चुनावअघि आफुले जनतासंग गरेको बाचा बिस्तारै पूरा गर्दै जाने चियाेचर्चाे खबरसंग बताए । केही महिना भित्रै पुलकाे निर्माणकार्य सम्पन्न हुने मेयर आचार्यले बताए ।