लालबन्दी,जेठ-१८,लालपुर्जाविहीन भूमि उपभाेग कर्ता संघर्ष समिति लालबन्दीले राष्ट्रिय भूमि आयाेगका केन्द्रीय अध्यक्ष केशव निराैलालाई यहाँका लालपुर्जाविहीन भूमि उपभाेग कर्ताकाे समस्याका बारेमा ध्यानाकर्षण गराएका छन् ।
शिक्षकसमेत रहेका संघर्ष समितिका अध्यक्ष चेत बहादुर मगरले वि.सं. २०१८ सालबाटै बस्ती विकास भएको यस क्षेत्रमा जमिनको नक्साङ्कन भइसकेको र जमिनको कित्ता नम्वरसमेत कायम भइसक्द पनि सम्बन्धित क्षेत्रका जग्गा उपभोगकर्ताहरूले लालपूर्जा नपाएकाले सारै पिडामा रहेको भन्दै राष्ट्रिय भूमि आयाेगका अध्यक्ष निराैलालाई ध्यानाकर्षण पत्र बुझाउदै समस्या समाधान गरिदिन आग्रह गरेका हुन ।
ध्यानाकर्षण पत्रमा सुकुमबासी तथा ऐलानी जग्गा व्यवस्थापन एवम् लालपूर्जा वितरण समस्या नेपालको गम्भी समस्या रहिआएको र समस्या समाधानका विषयमा निकै उतारचढावहरू भइआएका तथा बर्सेनि सरकारहरू बदलिइरहने, सरकारको नेतृत्व गर्ने राजनीतिक दलका आआफ्नै प्रकृतिका राजनीतिक स्वार्थ, दाउपेच आदिका कारण यो समस्या हल हुन नसकिरहेको विषम परिस्थितिमा नेपालको मधेस प्रदेशको उदीयमान सहर लालबन्दी पनि यस समस्याबाट अछुतो नरहेकाले यश बिषयलाई गम्भीरतापूर्वक लिईदिन आग्रह गरिएको छ ।
विभिन्न जिल्लाका भूमिहीन सुकुम्बासी र अवेवस्थित बसाेवासिकाे समस्य बुझ्ने क्रममा सर्लाही हुदै बिराटनगर हिडेका अध्यक्ष निराैलाले नवनिर्वाचित लालबन्दी नगरपालिका का मेयर वाशुदेव अधिकारी र संघर्ष समितिलाई चाडैं जनशक्ति खटाई जग्गाको नापजाँच गराउने प्रतिबद्धता व्यक्त गरेका संघर्ष समितिका अध्यक्ष चेत बहादुर मगरले चियाेचर्चाे खबरलाई जानकारी दिए।