सर्लाही,बैशाख -२७,नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री शम्भुलाल श्रेष्ठले आफुहरूले निस्कलंक व्यक्तिहरूलाई उम्मेदवारकाेरूमा अघि सारेको बताएका छन् ।


उनले आफुहरूकाे उम्मेदवारले जारी गरेको प्रतिबद्धता पत्र अनुसार काम गरेर देखाउने  विस्वास व्यक्त ।
मंगलवार  दिउसो नेपाली कांग्रेस लालबन्दी नगरद्वारा निकालिएको र्‍याली पछि कृषि विकास बैंक लालबन्दीकाे खाली जमिनमा  आयोजित काेणसभालाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्व मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन ।


उनले आफुहरूका मेयर र उपमेयरका  उम्मेदवार वासुदेव अधिकारी र कल्पना पाख्रिनले यश अघि विभिन्न संघ संस्थामा रहेर निस्कलंक ढंगले कामगरेर देखाई सकेकाले लालबन्दीका जनताले मतदान गरेर जिताउने विस्वास व्यक्त गरे ।


पूर्व मन्त्री श्रेष्ठले लालबन्दी -४ स्थित निर्वर्तमान मेयरकै गाउँमा भएकाे गुणस्तर हिन कालाेपत्रेकाे उदाहरण दिदै आफ्ना उम्मेदवारले त्याे हदसम्म गिरेर काम नगर्ने विस्वा व्यक्त गरे ।
उनले आफ्ना उम्मेदवारकाे विरूद्धमा माओवादीले पटक पटक बनाबटी कुरा गरेर भ्रमित पार्ने काम गरेको भएपनि जनताले सवै कुरा बुझिसकेकाे बताउदै माओवादीकाे २०७४ सालमा आफू माओवादीमा रहदाकाे जस्तो अवस्था नरहेको तर्क गरे ।


नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार वासुदेव अधिकारीले  आफुले चुनाव जिते पछि पनि  मेयर साहेव नभएर अहिलेकै परिचय काका ,दाजुकै मा नै रहन चाहेको बताए । ४० वर्ष देखि आफुले समाजका लागि शिक्षा, खानेपानी, लगायतका क्षेत्रमा काम गरिसकेकाले जनताले चुनावबाट अनुमाेदन गर्ने विस्वास व्यक्त गरे । उनले  घुस कमिसन भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सडकको बिकास मात्र बिकास नभएको तर्क गर्दै, अधिकारीले खानेपानीकाे सवै ठाउँमा व्यवस्थापन गर्ने ,समान शिक्षाकाे पहुँच पुर्‍याउनसकाे लागि जनज्योति बहुमुखी क्याम्पसमा अनुदान र दक्ष जनशक्ति व्यवस्था गर्ने , हरेक वडामा ४-४ जनालाई छात्रवृत्तिकाे व्यवस्था,एक वर्ष भित्र हरेक नागरिकलाई आफ्नो नम्बरी जग्गामा बस्ने ब्यवस्था मिलाउने प्रतिबद्धता ब्यक्त गरे ।


पर्यटन प्रवर्द्धन र किसानलाई अनुदानको व्यवस्था,नदि कटान नियन्त्रण,युवाको लागि खेलकुदकाे उचित व्यवस्थापन, युवालाई स्वदेशमै बसेर केहि गर्न सक्ने व्यवस्था,सिटामाेल नपाउने अवस्थामा पुगेकाे प्राथमिक उपचार केन्द्रमा  विशेषज्ञ डाक्टरकाे व्यवस्था र गुरु याेजना बनाएर बिकाशका गतिविधि अघि बढाउने आफ्नो लक्ष्य र उद्देश्य रहेको मेयरका उम्मेदवार अधिकारीले प्रतिबद्धता व्यक्त गरे ।
उपमेयरकी उम्मेदवार कल्पना पाख्रिनले आफु दाम कमाउन नभई ,नाम कमाउ चुनाव लडेको बताउदै आफुलाई जिताए ९५ प्रतिशत मान्छे खुसी हुने गरि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरिन । उनले आफ्ना ५ बहिनी छाेरी र ५ भाइ छाेरालाई उचित शिक्षा दीक्षा दिईसकेकाले आफ्नो सन्तान प्रतिकाे दायित्व पूरा भएकाले अब समाजकाे हित प्रवर्द्धनका लागि काम गर्ने तर्क गरिन । उनले आफू एकल महिला भएकाले महिलाकाे लागि धेरै काम गरेर देखाउने बताउदै चुनावमा जिताउन आग्रह गरिन ।
कार्यक्रमका सभापति एवम् नेपाली कंग्रेस सर्लाही क्षेत्र नं १ (ख) का सभापति सीताराम दाहालले  ३० गतेसम्म नथाक्न कांग्रेस कार्यकर्ताहरूलाई आग्रह गर्दै जित सुनिश्चित रहेको बताए ।
कांग्रेस नेता कुवेर आचार्यले  स्वागत मन्तव्य राख्दै यसपटक लालबन्दीमा कांग्रेसकाे जितको चारतारे झण्डा फहराउनेमा आफू विस्वस्थ रहेको बताए ।
चुनावी सभाकै अवसरमा विभिन्न पर्टि परित्याग गरि विभिन्न व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई पूर्व मन्त्री श्रेष्ठ ,क्षेत्र (ख) का सभापति दाहाल र उम्मेदवार द्वयले अविर तथा खादा लगाएर स्वागत गरेका थिए ,।