सर्लाही, बैशाख – २६,ट्यांकरको ठक्करबाट हरिवनका एक युवकको मृत्युु भएको ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र. ३ ०३–००१–ख–०१४५ नम्बरको ट्यांकरले हरिवन बजार स्थित पूर्व–पश्चिम राजमार्गमा ठक्कर दिँदा गम्भिर घाईते भएका हरिवन नगरपालिका–४, पटौनाका रामबहादुर थापाको मृत्यु भएको हो ।
सोमबार(आज) बिहान साँढे १० बजे ट्यांकरको ठक्करबाट गम्भिर घाईते भएका थापाको काठमाडौंमा उपचार गर्दागर्दै दिउँसो पौने ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
ठक्कर दिने ट्यांकर नियन्त्रणमा लिईएको र चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।