हरिवन, माघ ३ – सर्लाहीको हरिवनमा शनिवार थप दुईजना सडक मानवको उद्धार गरिएको  छ । हरिवन नगरपालिकाको बाँसा टोलबाट दुईजना आमा छोरालाई उद्धार गरिएको हो ।उद्धार गरिएकाहरुलाई  हरिवनस्थित नयाँरोडमा रहेको मानव सेवा आश्रममा लगेर  राखिएको संस्थाका राष्ट्रिय संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

पुस ८ गतेदेखि माघ ८ गतेसम्मका लागि मेची–महाकाली राष्ट्रिय उद्धार कार्यक्रम सञ्चालन गरेको मानव सेवा आश्रमले विभिन्न जिल्लाहरुबाट अशक्त, बेसहारा, अभिभावक विहिन,            मानसिक समस्याका विरामी        एवं सडकमा मागेर हिँडने ‘सडक मानव’ लाई उद्धार गरिरहेको छ । आश्रमले यसअघि एकै परिवारका तिनजनासहित तेह्रजनालाई उद्धार गरिसकेको छ ।  यस आश्रमका  लागि अहिले    मासिक ४२ हजार रुपियाँ भाडा तिर्नेगरी घर     भाडामा लिएर आश्रम सञ्चालन गरिरहेको पनि अध्यक्ष अधिकारीले बताए । उज्यालो अभियान बाट