सर्लाही,बैशाख -१४,नेपाली कांग्रेस लालबन्दीले केन्द्रीय गठबन्धनका दलहरूसँग मित्रवत् प्रतिस्पर्धा गर्दै निर्वाचनमा भाग लिने जनाएको छ।


बैशाख ३० गते हुने पालिका निर्वाचन –२०७९ का लागि नेपाली कांग्रेस  लालबन्दीको निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रियाहरू पूरा भइसकेकाले गठबन्धनका दलहरूसँग मित्रवत् प्रतिस्पर्धा गर्दै निर्वाचनमा भाग लिने उक्त पार्टीका क्षेत्र नं.१(ख)का सभापति सीताराम दाहालद्वारा हस्ताक्षरित  प्रेस विज्ञप्तिमा उल्लेख गरिएको  छ ।


कांग्रेसले नगर प्रमुख, उप-प्रमुख, वडाध्यक्षहरू,सम्पूर्ण वडाका वडा सदस्यहरूको उम्मेदवारीसमेत दर्ता भइसकेको तथा निर्वाचनका लागि आवश्यक कामहरू पनि निकै अगाडि बढिसकेको हुँदा केन्द्रीय गठबन्धनका दलहरूसँग मित्रवत् प्रतिस्पर्धाकाे विकल्प नरहेकाे विज्ञप्तिमा उल्लेख गरेको छ।