सर्लाही,बैशाख -१३,स्थानीय तह निर्वाचनको लागि सर्लाहीमा ६ हजार १ सय १ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
वैशाख ३० गते हुने निर्वाचनको लागि जिल्लाका २० वटै पालिकालाई आवश्यक एक हजार ४० पदका लागि उमेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
जस अन्तर्गत नगर तथा गाउँपालिका प्रमुखमा ३ सय २८, उपप्रमुखमा १ सय ७२ जना र वडा अध्यक्षमा १ हजार ४ सय ८४ जनाले उमेदपारी दर्ता गराएका छन्।
जिल्ला निर्वाचन अधिकृत दिवाकर भुजेललेका अनुसार जिल्लाका कुल २ सय वडाका लागि २ हजार ९० महिला सदस्यमा १ हजार ३६ जनाको उमेदवारी परेको छ ।
लालबन्दी नगरपालिकामा ४ सय २४ जना, हरिवन नगरपालिकामा २ सय ८७ ईश्वरपुर नगरपालिकामा ३९० जनाको उमेदवारी परेको छ। त्यस्तै चन्द्रनगर गाउँपालिकामा २६९ जना, बरहथवा नगरपालिकामा ६२४ जना,बागमती नगरपालिकामा २०८ जना, मलंगवा नगरपालिकामा ३९९ जना,कविलासी नगरपालिकामा ३१५ जनाको उम्मेदवारी परेको छ।बलरा नगरपालिकामा ३९१ जना, बसबरीया गाउँपालिकामा ८४ जना, ब्रह्म्पुरी गाउँपालिकामा २३० जना, कौडेना गाउँपालिकामा २२६ जना,चक्रघट्टा गाउँपालिकामा २४३ जना, धनकौल गाउँपालिकामा १९० जना, पर्सा गाउँपालिकामा २४१ रामनगर गाउँपालिकामा २६८ जना, विष्णु गाउँपालिकामा २८६ जना, हरिपुर नगरपालिकामा २३५ र हरिपुर्वा नगरपालिकामा ३१७ जना को उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत भुजेलले बताए। सोमवार जिल्लाका २० वटै पालिकामा विभिन्न राजनैतिक दलले साँझ अबेर सम्म मनोयन दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।