सर्लाही,बैशाख -१३,नेपाली कांग्रेस ईश्वरपुरले सर्लाहीको बयलवास बजारमा चुनाव प्रचारप्रसार समितिकाे कार्यालय सञ्चालनमा ल्याएको छ।


कार्यालयकाे नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री शम्भुलाल श्रेष्ठले उद्घाटन गरेका हुन ।
कार्यालय उद्घाटनगर्दै पूर्व मन्त्री श्रेष्ठले स्थानीय तह निर्वाचनमा ईश्वरपुरका १५ वटै वडासंगै मेयर र उपमेयरमा आफ्नै पार्टीले जित्ने दाबी गरे ।


उनलेे त्यसका लागि आपसी मतभेदकाे अन्त्य हुनुपर्नेमा जाेड दिए ।अहिले देशभर कांग्रेसकै पक्षमा जनलहर रहेको दाबी गर्दैन सर्लाहीका सवै स्थानीय तहमा नेपाली कांग्रेसले जित हासिल गने उनको दाबी थियो ।


पूर्व मन्त्रीसमेत रहेका श्रेष्ठले ईश्वरपुरमा नेपाली कांग्रेसले टिकट दिएको उम्मेदवार मनाेज आचार्यले यश क्षेत्रका जनताको दु:खमा समाज सेवाको माध्यमले मल्हम पट्टी लगाउने काम गरेकाले जनताले उनकै पक्षमा मतदान गर्ने विश्व व्यक्त गरे ।
नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार रहेका आचार्यले
राजनीतिकाे माध्यमबाट धनार्जन गर्नु आफ्नो उद्देश्य नरहेको तर्क गर्दै ,आफुले जित हासिल गरे समाजसेवालाई केन्द्रमा रखेर काम गर्ने र ईश्वरपुरकाे बिकाशमा आमूल परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरे ।