सर्लाही, सर्लाहीमा नेकपा एमालेले मधेस प्रदेश कमिटीले ताेकेकाेकाे दुई उम्मेदवारकाे नाम परिवर्तन गरिएको छ।
केन्द्रले जिल्लाकाे लालबन्दी र हरिपुर नगरपालिकाका मेयरका उम्मेदवार परिवर्तन गरेर पठाएको हाे ।
नेकपा एमाले जिल्ला अध्यक्ष राजनारायण साहका अनुसार लालबन्दीमा मान बहादुर खड्काकाे सट्टा गाेविन्द बहादुर महत र हरिपुरमा यादव सरकारकाे सट्टा राम प्रसाद चाैधरी मेयरका उम्मेदवार ताेकिएका हुन ।
हरिपुरका चाैधरी गएको स्थानीय तह निर्वाचनमा राजपाकाे तर्फबाट मेयरका प्रत्यासी थिए, भने खड्का लालबन्दीका मेयर थिए ।
यश अघिलालबन्दी नगरपालिका सहित जिल्लाका १६ वटा पालिकामा एमाले प्रदेश कमिटीले आईतबार साँझ नै मेयर/अध्यक्षका उम्मेद्वार टुंग्याएकाे थियाे ।
प्रदेश कमिटीकाे उक्त निर्णयमा लालबन्दीका मेयरमा मान बहादुर खड्का पुनः पर्न सफल भएका थिए ।
पार्टी केन्द्रबाट लालबन्दीकाे मेयर उम्मेदवारमा गाेविन्द बहादुर महतले चिठी ल्याएका छन् ।
उता हरिपुरमा पनि केन्द्रले नै राम प्रसाद चाैधरीलाई मेयर उम्मेद्वार ताेक्दै चिठी दिएको छ ।