सर्लाही,बैशाख -११,आसन्न स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेस सर्लाहीमा ११ वटा नगरपालिकामा उम्मेदवार टुंग्याएको छ ।


नेपाली कांग्रेसको मधेस प्रदेश समितिको जनकपुरधाममा बसेको बैठकले सर्लाहीका ११ वटै नगरपालिकाका मेयरको उम्मेदवार टुंगो लगाएको हाे ।


जस अन्तर्गत मलंगवा नगरपालिकाको मेयरमा पूर्व मेयर नागेन्द्र यादव,लालबन्दी नगरपालिकाको मेयरमा बासुदेव अधिकारी र उपमेयरमा कल्पना पाख्रिन, ईश्वरपुर नगरपालिकाको मेयरमा मनोज कुमार आचार्य र उपमेयरमा रन्जिता चौधरी, हरिवन नगरपालिकाको मेयरमा रामप्रसाद मैनाली र उपमेयरमा सोनीकुमारी बोम्जनलाई उम्मेदवार ताेकिएकाे छ।
त्यस्तै, बागमती नगरपालिकाको मेयरमा जवाहार कुशवाहा र उपमेयरमा पदमा कोइराला, बरहथवा नगरपालिकाको मेयरमा विगु चौधरी र उपमेयरमा गंगा दाहाल, हरिपुर नगरपालिकाको मेयरमा गोपाल पंजियार र उपमेयरमा निलमदेवी यादव, हरिपूर्वा नगरपालिकाको मेयरमा विनोद कुमार साह र उपमेयरमा सुमित्रा देवी, कविलासी नगरपालिकाको मेयरमा ब्रहमदेव राय र उपमेयरमा पुनम कर्णलाई उम्मेदवार ताेकिएकाे छ ।
त्यसैगरी, गोडैता नगरपालिकाको मेयरमा प्रदेश सभा सदस्य एवम् कांग्रेस सचेतक उपेन्द्र प्रसाद कुशवाहा, बलरा नगरपालिकाको मेयरमा कौशल सिंह , गोडैता, बलरा र मलंगवामा उपमेयर भने तय गर्न बाँकी रहेको श्राेतले जनाएको छ।
केहीबेरपछि सदरमुकाम मलंगवामा बस्ने बैठकले जिल्लाका ९ वटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्षहरुको उम्मेदवार टुंगो लगाउने कांग्रेस सर्लाहीका सचिव निरोज कार्कीले जानकारी दिए ।