सर्लाही,बैशाख -९,नेपाली कांग्रेस लालबन्दी -२ ले वडाका एक निसंतान दम्पतीलाई नयाँ घर बनाएर हस्तान्तरण गरेको छ ।
कांग्रेस लालबन्दी -२ ले शुक्रवार (आज) एक कार्यक्रमकाबीच वडाका निसंतान दम्पती छोइ दोर्जे र सुर्यमायालाई घर हस्तान्तरण गरेको हाे ।
वडा सभापति कृष्ण दाहालकाे सभापतित्वमा भएको कार्यक्रममा कांग्रेसका वयोवृद्ध नेता सुरेन्द्र प्रधाले दोर्जे दम्पतीलाई घरको साचो हस्तान्तरण गरेका थिए ।
आर्थिकरूपले अत्यन्त विपन्न र निसंतान दाेर्जे दम्पती आफैंले घर बनाउन सक्ने अवस्था नरहेकाले आफुहरूले पार्टी भित्र चन्दा संकलन गरेर अर्ध पक्की घर बनाइदिएको वडा सभापति दाहालले चियाेचर्चाे खबरसंग बताए । सभापति दाहालका अनुसार दाेर्जे दम्पती लामाे समयदेखि फुसले छाएको , घाम पनी नछेक्ने घरमा बस्दै आएका थिए ।
उनको दयनीय अवस्था देखेपछि आफुहरूले २ लाख १० हजार नगद र केही निर्माण सामग्रीसमेत चन्दास्वरूप संकलन गरि घर बनाईदिएको सभापति दाहालले बताए ।
घाम पानी छेक्ने घर बनाउन नसकी मर्ने हाेकी भन्ने लागेको आफुहरूलाई कांग्रेसका कार्यकर्ताले घर बनाईदिएकाेमा अत्यन्तै खुसि लागेकाे दाेर्जे दम्पतीले बताए ।
घर पाएपछि खुसी भएका दाेर्जे दम्पती नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
यश अघि आफुले एमालेमा भाेट हाल्ने गरेकाे भएपनि वास्तविक जनतालाई माया गर्ने पार्टी कांग्रेस नै भएको आफुले पाएकाले कांग्रेसमा प्रवेश गरेको बताए । आफुलाई कांग्रेसमा प्रवेश गर्न कसैले दबाब नदिएको उनलेे बताए । उनीसंगै ७० जना भन्दा बढी अन्य पार्टीका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका सभापति दाहालले बताए ।
घर हस्तान्तरण कार्यक्रममा प्रदेश समिति सदस्य ध्रुव रिजाल , महाधिवेशन प्रतिनिधि ,दिपक अधिकारी ,नवराज अधिकारी,उद्धव पाैडे, कन्चन साहा, युवा नेता विश्वामित्र रिजाल ,जिल्ला कार्यसमिति सदस्य उदय बहादुर कार्की ,इस्किलाल पासवान,कमल महताे लगायतको उपस्थित रहेको थियो ।